सामसङ ग्यालेक्सी जेड फोल्ड वाइड डमी ह्यान्ड्स–अन भिडियोमा देखा पर्यो

  • Technology Khabar | १७ जेष्ठ २०८३, आईतवार
सामसङ ग्यालेक्सी जेड फोल्ड वाइड डमी ह्यान्ड्स–अन भिडियोमा देखा पर्यो
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

सामसङको ग्यालेक्सी जेड फोल्ड वाइड भनेर व्यापक रूपमा चिनिने अफवाहित वाइड–स्क्रिन फोल्डेबल स्मार्टफोन जुलाईमा डेब्यू हुने अपेक्षा गरिएको छ। यो डिभाइस पहिले नै धेरै लीकहरूमा देखा परेको छ भने उक्त लीकहरूले डिभाइसको डिजाइन र प्रमुख स्पेसिफिकेसनहरूको खुलासा गरिसकेको छ।

अब, सोनी डिक्सनको सौजन्यमा ग्यालेक्सी जेड फोल्ड वाइडको डमी एकाइ प्रदर्शन गर्ने ह्यान्ड्स–अन भिडियो अनलाइन देखा परेको छ।

लीक भएको भिडियोमा कथित सामसङ फोल्डेबलको डमी सेतो फिनिशमा देखाइएको छ। डमी एकाइहरूले वास्तविक उत्पादनलाई पूर्ण रूपमा प्रतिबिम्बित नगर्न सक्ने बताइएको छ र सामसङ फोल्डेबलको डमी अनुसार डिभाइस पातलो देखिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

त्यसैगरी भिडियोमा देखिए अनुसार डिभाइसमा डुअल–रियर क्यामराहरू, पावर र भोल्युम बटनहरूका साथै यूएसबी टाइप–सी पोर्ट पनि रहेको बताइएको छ।

हालैका लीकहरु र अफवाहहरूले सामसङ ग्यालेक्सी जेड फोल्ड वाइडलाई वास्तवमा ग्यालेक्सी जेड फोल्ड८ भन्न सकिने सुझाव दिएका छन् भने नियमित अग्लो फोल्डेबल र ग्यालेक्सी जेड फोल्ड७ को उत्तराधिकारीको नाम जेड फोल्ड८ अल्ट्रा हुन सक्ने बताइएको छ।

यो डिभाइस ५० मेगापिक्सेलको मुख्य रियर क्यामरा र ५० मेगापिक्सेलको अल्ट्रावाइड एकाइको साथ आउने अफवाह रहेको छ। यो डिभाइसमा ४,८०० एमएएन्च ब्याट्री र ४ः३ आसपेक्ट रेसियो भएको ७.६ इन्चको इनर (भित्री) स्क्रिन समावेश गरिने उल्लेख गरिएको छ।

प्रकाशित: १७ जेष्ठ २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...