
काठमाडौं ।
ओप्पोले गत जनवरीमा चीनमा ए६सी लन्च गरेको थियो। त्यसपछि अप्रिलमा थाइल्याण्डमा अलि फरक स्पेसिफिकेशनका साथ फोन प्रस्तुत गरेको थियो। अब, फोनको अन्तर्राष्ट्रिय मोडेल भारतमा पनि आइपुगेको छ।
डिभाइसको ६४जीबी स्टोरेज भएको मोडेलको मूल्य १३,९९९ भारतीय रुपैयाँ (१४६ अमेरिकी डलर) र १२८जीबी स्टोरेजको भएको मोडेलको मूल्य १६,९९९ भारतीय रुपैयाँ (१७८ अमेरिकी डलर) कायम गरिएको छ। त्यसैगरी डिभाइसको यूएफएस २.२ स्टोरेजका विस्तार गर्न सकिनेछ।
ओप्पो ए६सीमा युनिसोक टी७२५० एसओसी र ४जीबी एलपीडीडीआर४एक्स र्याम समावेश गरिएको छ। फोनमा ७२०×१५७० रिजोल्युसन, १२०हर्ज रिफ्रेस रेट र २४०हर्ज टच स्याम्पलिङ रेट सहितको ६.७५ इन्चको एलसीडी स्क्रिन रहेको छ। फोनको पछाडि १३ मेगापिक्सेलको क्यामरा र सेल्फीहरूको लागि ५ मेगापिक्सेलको स्न्यापर उपलब्ध गराइएको छ।
ओप्पो ए६सीमा १५ वाट वायर्ड चार्जिङको लागि समर्थन सहितको ७,००० एमएएच ब्याट्री समावेश गरिएको छ। फोनको पावर बटनमा साइड–माउन्टेड फिङ्गरप्रिन्ट सेन्सर इम्बेड गरिएको छ।
साथै फोनमा ३.५ एमएम हेडफोन ज्याक र डस्ट एण्ड स्प्ल्यास प्रतिरोधको लागि आईपी६४ रेटिङ प्रदन गरिएको छ। ओप्पो ए६सी स्टोन ब्राउन र फेदर ह्वाइट रङ्गमा उपलब्ध हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १३ जेष्ठ २०८३, बुधबार