
काठमाडौं ।
ओप्पो रेनो१६ सिरिज चीनमा आधिकारिक रूपमा अनावरण गरिएको छ। हालको लागि लाइनअपमा रेनो१६ प्रो र रेनो१६ समावेश छन्। दुबै फोनहरू २०० मेगापिक्सेल मुख्य सेन्सरको साथ ट्रिपल रियर क्यामरा सेटअप र तीन रङ विकल्पहरूमा उपलब्ध छन्।
दुबै फोनहरूले एउटै रियर क्यामरा सेटअप साझा गरे पनि अन्य स्पेसिफिकेसनहरू फरक छन्। रेनो१६ प्रोले ६.७८ इन्चको एएमओएलईडी डिस्प्ले र मिडियाटेक डाइमेन्सिटी ९५००एस चिपसेट समावेश गर्दछ। अर्कोतर्फ रेनो१६ सानो ६.३२ इन्चको ओएलईडी प्यानलको साथमा डाइमेन्सिटी ८५५० सुपर एसओसीले सुसज्जित रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
दुबै ह्यान्डसेटहरूले १२० हर्ज सम्मको रिफ्रेस रेट, १.५के रिजोल्युसन, ३,६००–निट्स पीक ब्राइटनेस, हाई–फ्रिक्वेन्सी पीडब्ल्यूएम डिमिङ र इन–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर प्रदान गर्दछन्।
दुबै फोनमा एफ/१.८ एपर्चर र ओआईएस भएको प्राथमिक २०० मेगापिक्सेलको सेन्सर, ओआईएस भएको ५० मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो र ११६–डिग्री एफओभी भएको ५० मेगापिक्सेलको अल्ट्रावाइड युनिटको साथ समान रियर क्यामरा सेटअप रहेको छ। अगाडि, दुबै फोनहरूले सेल्फी र भिडियो कलिङको लागि ५० मेगापिक्सेलको क्यामरा प्रदान गर्दछन्।
रेनो१६ प्रोले ८०वाट वायर्ड र ५०वाट वायरलेस चार्जिङ समर्थन गर्ने ७,०००एमएएच ब्याट्री समावेश गर्दछ। त्यसैगरी स्ट्याण्डर्ड रेनो१६ ले ८०वाट वायर्ड चार्जिङ समर्थन गर्ने सानो ६,७००एमएएच ब्याट्री प्राप्त गर्दछ।
दुबै फोनहरूले कलरओएस १६ चलाउँछन् भने डुअल सिम ५जी, ब्लुटुथ ५.४, एनएफसी, आईआर ब्लास्टर र आईपी६९के रेटिङ जस्ता सुविधाहरूका साथ आउँछन्। रेनो१६ प्रोले वाई–फाई ७ कनेक्टिभिटी प्रदान गर्दछ भने रेनो१६ वाई–फाई ६ मा सीमित रहेको छ।
ओप्पो रेनो१६ प्रो ड्रीमी ब्लू, हार्ट–फ्लटरिङ स्टार्स, र मुनलिट नाइट ब्ल्याक रङ्गहरूमा उपलब्ध हुनेछ। त्यसैगरी, रेनो१६ ग्यालेक्सी पर्पल, हार्ट–फ्लटरिङ स्टार्स र मुनलिट नाइट ब्ल्याक शेडहरूमा आउने बताइएको छ।
दुबै फोनहरू प्रि–अर्डरको लागि उपलब्ध भएको र मे २९ मा बिक्री सुरु हुने तय गरिएको छ। रेनो१६ प्रोको १२जीबी/२५६जीबीको मूल्य ४,४९९ चिनियाँ युआन (६६० अमेरिकी डलर) बाट सुरु हुन्छ। डिभाइसको १२जीबी/५१२जीबीको मूल्य ४,८९९ चिनियाँ युआन (७२० अमेरिकी डलर) र १६जीबी/५१२जीबीको मूल्य ५,२९९ चिनियाँ युआन (७८० अमेरिकी डलर) कायम गरिएको छ।
अर्कोतर्फ, रेनो१६ को १२जीबी/२५६जीबी मोडेलको मूल्य ३,४९९ चिनियाँ युआन (५१५ अमेरिकी डलर) बाट सुरु हुन्छ। डिभाइसको १२जीबी/५१२जीबी मोडेलको मूल्य ३,९९९ चिनियाँ युआन (५९० अमेरिकी डलर), १६जीबी/२५६जीबी भेरियन्टको मूल्य ३,८९९ चिनियाँ युआन (५७५ अमेरिकी डलर) र १६जीबी/५१२जीबी भेरियन्टको मूल्य ४,२९९ चिनियाँ युआन (६३५ अमेरिकी डलर) कायम गरिएको छ। हाई–इन्डको १६जीबी/१टीबी मोडेलको मूल्य ४,८९९ चिनियाँ युआन (७२० अमेरिकी डलर) रहेको छ।
प्रकाशित: १३ जेष्ठ २०८३, बुधबार