
काठमाडौं ।
बुटवलमा शनिबार भेस्पा तथा अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न भएको छ। बुटवलस्थित भेस्पा तथा अप्रिलियाको शोरुम परिसरमा भेला भएका सहभागीहरूको उपस्थिति दर्ता, सुरक्षा ब्रिफिङ तथा यात्रासम्बन्धी आवश्यक समन्वयपछि आकर्षक ढंगले सजिएका स्कुटरहरूको समूहले औपचारिक रूपमा यात्रा सुरु गरेको थियो।
स्कुटर र्याली करिब ४२ किलोमिटर दुईतर्फी दूरी पार गर्दै टोली तिलोत्तमा नगरपालिका–१३, कोटिहवास्थित टाइगर फरेस्ट होटल प्रालिमा पुगेको थियो।
सहभागीहरूले होटल परिसरमा सामूहिक भेटघाट, तस्बिर तथा भिडियो निर्माणका गतिविधिहरू समेत गरेका थिए।
बुटवल नजिकै शान्त, व्यवस्थित र हरियाली वातावरणसहितको यस्तो आकर्षक स्थल हुनु पर्यटन प्रवर्द्धनका दृष्टिले सकारात्मक पक्ष भएको सहभागीहरूले प्रतिक्रिया दिए।
प्रकाशित: ११ जेष्ठ २०८३, सोमबार