
काठमाडौं ।
सामसङ नेपालले “सामसङ सेभिङ डेज” अफर घोषणा गरेको छ। यो अफर अन्तर्गत वाशिंग मेशिन र रेफ्रिजरेटरमा उत्कृष्ट बचत र मासिक किस्तामा सजिलो विकल्प उपलब्ध गराइने छ।
यो अफर बजेट धेरै नबढाइ आवश्यक होम अप्लाएन्सहरु अपग्रेड गर्न चाहने ग्राहकका लागि प्रस्तुत गरिएको बताइएको छ। ग्राहकहरुले गर्मी महिनामा सहज रूपमा घर अपग्रेड गर्न सकून् भन्ने उद्देश्यको साथ यो क्याम्पेन मे २१ देखि जुलाई १९, २०२६ सम्म लागु हुने बताएको छ।
यो अफर अन्तर्गत ग्राहकहरूले छानिएका वाशिंग मेशिनमा २३ प्रतिशत सम्म र रेफ्रिजरेटरमा १७ प्रतिशत सम्म छुट पाउन सक्नेछन्। साथै, २४ महिनासम्मको एक्सटेन्डेड ईएमआई सुविधा पनि उपलब्द हुने बताइएको छ। वाशिंग मेशिनको किस्ता मासिक रु १,३७० देखि र रेफ्रिजरेटरको किस्ता मासिक रु १,४०८ देखि सुरु हुने थप उल्लेख गरिएको छ।
वाशिंग मेशिनमा उपलब्ध अफरहरूः
| सेग्मेन्ट | क्षमता | क्यासब्याक (सम्म) |
| एआई इकोबबल टीएम वाशर ड्रायर | ९–११ किलोग्राम | २३ प्रतिशत |
| एआई इकोबबल टीएम फ्रन्ट लोड | ९–१२ किलोग्राम | २२ प्रतिशत |
| फुल्ली अटोम्याटिक टप लोड | ८ किलोग्राम | १२ प्रतिशत |
| सेमी अटोम्याटिक टप लोड | ७ किलोग्राम | १२ प्रतिशत |
रेफ्रिजरेटरमा उपलब्ध अफरहरूः
| सेग्मेन्ट | क्षमता | क्यासब्याक (सम्म) |
| एसबीएस | ७०० लिटर | ११ प्रतिशत |
| ५ इन १ | ३५० लिटर – ४१९ लिटर | १५ प्रतिशत |
| डबल डोर | २५३ लिटर – २७५ लिटर | १७ प्रतिशत |
| सिंगल डोर | १९२ लिटर – २३० लिटर | १५ प्रतिशत |
साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड द्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवा मार्फत ग्राहकहरूले १२ महिना वा २४ महिनाको ईएमआई योजनामा उपकरणहरू खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।
प्रकाशित: ११ जेष्ठ २०८३, सोमबार