आयानिओको गेम ब्वाई जस्तो देखिने गेमिङ डिभाइस कङ्कर पकेट ब्लक आउँदै

  • Technology Khabar | १० जेष्ठ २०८३, आईतवार
आयानिओको गेम ब्वाई जस्तो देखिने गेमिङ डिभाइस कङ्कर पकेट ब्लक आउँदै
फोटो सौजन्यः आयानिओ डट कम/जीएसएमएरिना

काठमाडौं ।

आयानिओले ह्यान्डहेल्ड रेट्रो गेमिङ कन्सोल क्षेत्रमा स्थान बनाउने उद्देश्यको साथ आफ्नो कङ्कर पकेट ब्लक नामक अर्को गेम ब्वाई जस्तो डिभाइस लन्च गर्ने योजना बनाएको छ। नामले नै संकेत गरेझैं यो प्रयोगकर्ताको खल्तीमा फिट हुने सानो गेमिङ डिभाइस हो।

कम्पनीले स्ट्रिम कार्यक्रममा कङ्कर पकेट ब्लकलाई आधिकारिक रूपमा टिज गरेको थियो। उक्त कार्यक्रमको क्रममा कम्पनीले भौतिक बटनहरू सहितको भर्टिकल (ठाडो) ह्यान्डहेल्ड गेमिङ डिभाइसको डिजाइन र फर्म फ्याक्टरको पुष्टि गरेको छ। तर कङ्कर पकेट ब्लकमा भने अन्य आयानिओ डिभाइसहरूमा रहको एनालग स्टिक नभएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

आयानिओले डिभाइसलाई पहिलो एआई ह्यान्डहेल्ड गेमिङ कन्सोलको रूपमा प्रचार गरेको हुनाले डिभाइसमा केही एआई–संचालित बेक्ड–इन सुविधाहरू हुन सक्ने अनुमान गरिएको छ।

गेमिङ डिभाइस पूर्ण रूपमा प्लास्टिकको जस्तो देखिन्छ भने खैरो र बैजनी गरी दुई रङ्गहरूमा आउने छ। साथै डिभाइस्को बायाँ भागमा माइक्रोएसडी कार्ड स्लट र ३.५एमएम अडियो ज्याक रहेको छ।

आयानिओले अन्य विवरणहरू साझा नगरे पनि अफवाहहरूले डिभाइसमा १०वाट वायर्ड चार्जिङ समर्थन गर्ने ३,५०० एमएएच ब्याट्री हुने बताएका छन्।

प्रकाशित: १० जेष्ठ २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार