इसेवा मार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर

  • Technology Khabar | ८ जेष्ठ २०८३, शुक्रबार
इसेवा मार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर

काठमाडौं ।

नेपालको पहिलो डिजिटल वालेट तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले जीवन बीमा नवीकरणलाई अझ सहज, सुरक्षित र आकर्षक बनाउन विशेष उपहार योजना सार्वजनिक गरेको छ।

इसेवाको यो योजना २०८३ जेठ १ गतेदेखि असार ३२ गतेसम्म सञ्चालनमा हुनेछ। अभियान अवधिभर इसेवाको मोबाइल एप वा वेबसाइटमार्फत नेपालको कुनै पनि जीवन बीमा कम्पनीको बीमा प्रिमियम भुक्तानी वा पोलिसी नवीकरण गर्ने ग्राहकहरूले आकर्षक उपहार जित्ने अवसर पाउने बताईएको छ।

यो योजनाअन्तर्गत एक जना भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरूप ४३ इन्चको स्मार्ट टिभी प्राप्त गर्नेछन्। साथै, तीन जना विजेताले जनही २५ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन्। अभियान अवधिभर प्रत्येक हप्ता एक जना प्रयोगकर्तालाई २ हजार ५ सय रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरिनेछ।

त्यसका साथै, विभिन्न जीवन बीमा कम्पनीहरूसँगको सहकार्यमा ग्राहकहरूलाई आकर्षक क्यासब्याक सुविधा समेत उपलब्ध गराइने इसेवाले बताएको छ।

इसेवाको अनलाइन बीमा नवीकरण सेवामार्फत ग्राहकहरूले कार्यालय धाउनुपर्ने झन्झट बिना घरबाटै छिटो, सुरक्षित र भरपर्दो रूपमा जीवन बीमा नवीकरण तथा प्रिमियम भुक्तानी गर्न सक्नेछन्।

प्रकाशित: ८ जेष्ठ २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Proton opens its 11th showroom in Birgunj; launches the all-new Proton e.MAS 5

  • Technology Khabar
  • ८ जेष्ठ २०८३, शुक्रबार