डाटा सुरक्षाका कारण कोपोमिस लाइभ सिस्टममा तालिम सञ्चालन गर्न नपाइने

  • Technology Khabar | ८ जेष्ठ २०८३, शुक्रबार
डाटा सुरक्षाका कारण कोपोमिस लाइभ सिस्टममा तालिम सञ्चालन गर्न नपाइने

काठमाडौं ।

सहकारी विभागले अबदेखि सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मा हुने तालिममा रोक लगाउने भएको छ।

विभागले हालै एउटा विशेष सूचना जारी गर्दै हाल कार्यान्वयनमा रहेको कोपोमिस प्रणालीमा सहकारी संघ/संस्था सम्बन्धी विवरणहरू नियमित रूपमा अध्यावधिक भइरहेको जानकारी दिँदै तालिम सञ्चालनका क्रममा अपनाउनुपर्ने प्रक्रिया स्पष्ट पारेको हो।

विभागका अनुसार नियामक निकाय, सहकारी संघ, बैंक तथा संस्थाहरूले कोपोमिस सम्बन्धी तालिम सञ्चालन गर्दा हालसम्म लाइभ सिस्टममै अभ्यास तथा प्रशिक्षण सञ्चालन गर्दै आएका छन्।

तर यसरी तालिमका क्रममा प्रविष्ट गरिएका डेमो विवरणहरूले केन्द्रीय तथ्याङ्कमै असर पार्ने देखिएकाले अबदेखि विभागको वेबसाइटमा उपलब्ध ‘ट्रेनिङ डेमो फाराम’ भरी Training.copomis.gov.np लिंकमार्फत मात्र तालिम सञ्चालन गर्नु पर्नेछ।

प्रकाशित: ८ जेष्ठ २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...