
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी स्वामित्वका प्रेस काउन्सिल, गोरखापत्र संस्थान तथा सार्वजनिक सेवा प्रसारणका लागि शीर्ष पदका लागि दरखास्त आह्वान गरेको छ।

मन्त्रालयले आज छुट्टाछुट्टै सूचना प्रकाशित गरी गोरखापत्र संस्थानको महाप्रबन्धक, प्रेस काउन्सिल र सार्वजनिक सेवा प्रसारण संस्थामा अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको हो।
सरकारले केही समयअघि राजनीतिक नियुक्ति खारेज गरेसँगै यी संस्थाहरुमा पनि शीर्ष पद खाली भएको थियो। सोही स्थानमा पदपूर्तिका लागि यो आवेदन माग गरिएको हो।
प्रकाशित: ७ जेष्ठ २०८३, बिहीबार