भरतपुरमा अव्यवस्थित तार हटाइँदै

  • Technology Khabar | ४ जेष्ठ २०८३, सोमबार
भरतपुरमा अव्यवस्थित तार हटाइँदै

काठमाडौं ।

भरतपुर महानगरपालिकाभित्रका सहरी क्षेत्रमा रहेका विद्युत्का ‘पोल’हरुमा रहेका अव्यवस्थित तार हटाउन सुरु गरिएको छ। महानगरपालिका र जिल्ला प्रशासन कार्यालयसहित सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा छलफल भएसँगै तार हटाउन सुरु गरिएको हो।

भरतपुर महानगरपालिकाका इन्जिनियर सुरेश बोटका अनुसार इन्टरनेट प्रदायक संस्थाका कर्मचारीहरुले आफ्नो तार आफैँ व्यवस्थापन गरिरहेका छन्। आवश्यक सहयोग महानगरपालिका नगर प्रहरीहरुले गरिरहेको उहाँले जानकारी दिनुभयो। इन्जिनियर बोटले भन्नुभयो, “महानगरको अगुवाइमा अव्यवस्थित तार हटाएर पोलहरुलाई सुन्दर र व्यवस्थित गर्ने काम भइरहेको छ।”

महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले स्थानीय प्रशासनसहितको बैठक पछि इन्टरनेट सेवा प्रदायकहरुलाई अव्यवस्थित रहेका तारहरु हटाउन लगाइएको बताए। महानगरभित्र यस्ता तारका कारण असुरक्षित र कुरुप देखिएको भन्दै उनले आफ्नो तार व्यवस्थापन नगरेमा नगर प्रहरीले हटाउने भएकाले तत्काल काम गर्न भनिएको बताए।

सबै सेवा प्रदायक  र महानगरका नगर प्रहरीहरुले पोलहरुमा काम गरिरहेको बताए। यही वैशाख २७ गतेदेखि निरन्तर रुपमा काम भइरहेको छ।-रासस

प्रकाशित: ४ जेष्ठ २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

अधिकांश सरकारी वेबसाइटमा समस्या

  • Technology Khabar
  • ४ जेष्ठ २०८३, सोमबार