कक्षा ११ र १२ मा छात्रवृत्ति परीक्षाको लागि काठमाडौं महानगरपालिकाले माग्यो अनलाइन आवेदन, यसरी दिनुहोस्

  • Technology Khabar | ३० बैशाख २०८३, बुधबार
कक्षा ११ र १२ मा छात्रवृत्ति परीक्षाको लागि काठमाडौं महानगरपालिकाले माग्यो अनलाइन आवेदन, यसरी दिनुहोस्
फाइल

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले कक्षा ११, १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराउनका लागि अनलाइन आवेदन माग गरेको छ।

महानगरपालिकाले आज एउटा सूचना प्रकाशित गरी छात्रवृत्तिम्बन्धी पूर्ण विवरण र आवेदन दिने प्रक्रियाका बारेमा सबन्धित सबैलाई जानकारी गराएको हो।

‘काठमाडौँ महानगरपालिका अन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३ / ०८४ मा कक्षा ११, १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षा प्रणालीबाट छात्रवृत्ति उपलब्ध गराइने भएकाले | देहायको तालिका बमोजिम परीक्षा सञ्चालन हुने व्यहोरा सम्बन्धित विद्यार्थी तथा अभिभावकहरूमा जानकारी गराइन्छ। महानगरपालिकाको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था मिलाइएको छ’, सूचनामा उल्लेख छ।

सूचना अनुसार आवेदन र परीक्षासम्बन्धी तालिका यस्तो छ:

  • अनलाइन आवेदन फाराम भर्न सुरु हुने मिति : २०८३ जेठ १ गते बिहान १०:०० बजेदेखि
  • अनलाइन आवेदन फाराम भर्ने अन्तिम मिति : २०८३ जेठ १० गते राति ११:५९ बजेसम्म
  • छात्रवृत्तिका लागि परीक्षा सञ्चालन हुने मिति : २०८३ जेठ १७ गते बिहान ०८:०० बजेदेखि १०:०० बजेसम्म
  • परीक्षामा सोधिने प्रश्नका विषय र क्षेत्र : माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्नहरू ।

विषयहरूको अङ्कभार, विद्यालयगत छात्रवृत्तिको कोटा, परीक्षा केन्द्रसहित विस्तृत विवरण काठमाडौँ महानगरपालिकाले आफ्नो वेबसाइट www.kathmandu.gov.np मा रहेको छ ।

प्रकाशित: ३० बैशाख २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार