
काठमाडौं ।
सरकारले आगामी आर्थिक वर्षका ड्रोन तथा सेटेलाइटमार्फत बन तथा डढेलोको ट्र्याकिङ्ग गरिने घोषणा गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।
उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत ड्रोन तथा सेटेलाइटमार्फत बन तथा डढेलोको रियल टाइम ट्र्याकिङ्ग गरिने घोषणा गरे।
प्रकाशित: २८ बैशाख २०८३, सोमबार