जुम्लामा एक महिनामा अनलाइनबाट ५२९ जनाद्वारा मतदाता नामावली दर्ता

  • Technology Khabar | २५ बैशाख २०८३, शुक्रबार
जुम्लामा एक महिनामा अनलाइनबाट ५२९ जनाद्वारा मतदाता नामावली दर्ता

काठमाडौं ।

जुम्ला, २५ वैशाखः जुम्लामा एक महिनाको अवधिमा करिब ५२९ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दीपेन्द्र कँडेलका अनुसार राष्ट्रिय परिचयपत्रको नम्बरमार्फत मतदाता नामावलीमा अनलाइनबाट नाम दर्ता गर्नेको सङ्ख्या बढेको हो।

निर्वाचन आयोगले गत चैत २२ गतेदेखि सुरु गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्य जुम्लामा सुुरु भएको एक महिनाको अवधिमा राष्ट्रिय परिचयपत्रमार्फत ५१३ जनाले नयाँ दर्ताका लागि आवेदन दिएका उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार १६ जना भौतिक रूपमा उपस्थित भई मतदातामा नाम दर्ता गरेका छन्।

निर्वाचन आयोगको केन्द्रीय कार्यालयले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः सुरु गरेसँगै यहाँका आठवटै स्थानीय तहका स्थानीयले आवेदन दिएकामध्ये राष्ट्रिय परिचयपत्र बनाएका अधिकांश मतदाताले अनलाइनबाट नामावलीमा नाम दर्ता गराएका निर्वाचन अधिकारी कँडेलले जानकारी दिनुभयो।

मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्नका लागि यहाँका सबै स्थानीय तहलाई पत्रचारसमेत गरिएको छ। आयोगले राष्ट्रिय परिचयपत्रको विवरण प्रयोग गरी अनलाइनबाटै आवेदन दिन सकिने व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा ३४ हजार २८० महिला मतदाता र ३७ हजार ४५९ जना पुरुष मतदाता रहेका निर्वाचन कार्यालयले जनाएको छ।-रासस

प्रकाशित: २५ बैशाख २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...