
काठमाडौं ।
भोडाफोन र थ्रीले २०२३ मा बेलायतमा मर्जर गर्ने योजना घोषणा गरेका थिए र अन्ततः डिसेम्बर २०२४ मा नियामकहरूले उक्त कार्यलाई अगाडि बढाउन अनुमति दिएका थियो। मर्ज गरिएको संस्था भोडाफोनथ्रीले आधिकारिक रूपमा मे ३१, २०२५ मा सञ्चालन सुरु गरेको थियो र त्यसमा भोडाफोनको ५१ प्रतिशत शेयर रहेको थियो भने सीके हचिसन (थ्रीका मालिक) को ४९ प्रतिशत शेयर रहेको थियो।
अब, लगभग एक वर्ष पछि भोडाफोनले सीके हचिसनको हिस्सेदारी खरिद गर्ने भएको छ र यसरी भोडाफोनथ्रीको पूर्ण स्वामित्व प्राप्त गर्नेछ। यसको लागि भोडाफोनको ४.३ बिलियन पाउन्ड स्टर्लिङ खर्च हुने उल्लेख गरिएको छ। यो सम्झौता अवश्य पनि नियामकहरूले अनुमोदन गर्नुपर्ने बताइएको छ भने यो वर्षको दोस्रो भाग (उत्तरार्ध) मा हुने अपेक्षा गरिएको छ।
भोडाफोन र थ्री बीचको मर्जरको सर्तहरू अन्तर्गत, मर्जर पूरा भएको तीन वर्ष पछि भोडाफोनसँग पूर्ण स्वामित्व प्राप्त गर्ने विकल्प उपलब्ध भएको तर भोडाफोनले अपेक्षा भन्दा गरिएको भन्दा चाँडो यो कदम चाल्न छनौट गरेको छ।
भोडाफोनले ब्रान्डहरूमा कुनै परिवर्तन नहुने बताएको छ भने भोडाफोन र थ्री दुवैले नयाँ स्वामित्व अन्तर्गत काम गरिरहने उल्लेख गरिएको छ। यो सम्झौता भोडाफोनका सीईओ मार्गेरिटा डेला भ्यालेको कम्पनीको सबैभन्दा ठूला बजारहरू बेलायत र जर्मनीमा ध्यान केन्द्रित गर्ने रणनीतिमा पछिल्लो कदम हो। आफ्नो कार्यकालमा, भोडाफोन स्पेन र इटालीबाट बाहिरिएको छ र डच संयुक्त उद्यममा आफ्नो हिस्सेदारी बिक्रिी गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २४ बैशाख २०८३, बिहीबार