एसी विस्फोटपछि आगलागी हुँदा नौ जनाको मृत्यु

  • Technology Khabar | २० बैशाख २०८३, आईतवार
एसी विस्फोटपछि आगलागी हुँदा नौ जनाको मृत्यु
सांकेतिक तस्बिर।

काठमाडौं ।

आइतबार बिहान दिल्लीको एक बहुतले घरमा एअर कन्डिसनर (एसी) विस्फोटपछि आगलागी हुँदा नौजनाको घटनास्थलमा नै मृत्यु भएको छ।

आगलागीमा परी एक बालक र चार महिलासहित कम्तीमा नौ जनाको मृत्यु भएको र अन्य २० जना घाइते भएका दिल्ली प्रहरीले पुष्टि गरेको छ।

पूर्वी दिल्लीको विवेक विहार इलाकामा पीडित सुतिरहेका बेला यो घटना भएको हो । एसी विस्फोटपछि लागेको आगो केही मिनेटमा नै पूरै घरमा फैलिएको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त घरको विभिन्न भागबाट नौजनाको मृत शरिर निकालिएको छ । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। आगो नियन्त्रणका लागि दमकलसहितका १४ ओटा टोली खटिएका थिए ।

एयर कन्डिसनरमा विस्फोट हुनुको कारण पत्ता लगाउन अनुसन्धान सुरू भइसकेको प्रहरीले जनाएको छ।  रासस/एएफपी

प्रकाशित: २० बैशाख २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार