
काठमाडौं ।
मोटोरोलाले तीन नयाँ रेजरहरू, मोटो जी८७ र मोटो जी४७ डिभाइसहरुसँगै कम्पनीले मोटो जी३७ र मोटो जी३७ पावर पनि आधिकारिक रुपमा अनावरण गरेको छ।
जी३७ मा १२०हर्ज रिफ्रेस रेट र गोरिल्ला ग्लास ७आई सहितको ६.६७ इन्चको एलसीडी टचस्क्रिन, मिडियाटेक डाइमेन्सिटी ६३०० एसओसी, ४जीबी एलपीडीडीआर४एक्स र्याम, ६४/१२८/२५६जीबी विस्तारयोग्य यूएफएस २.२ स्टोरेज, र २०वाट वायर्ड चार्जिङको लागि समर्थन भएको ५,२०० एमएएच ब्याट्री समावेश गरिएको छ। साथै यो डिभाइसले एन्ड्रोइड १६ चलाउने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
मोटो जी३७ को पछाडि ५० मेगापिक्सेल क्यामरा छ (केही बजारहरूमा एक्लै, अरूमा ८ मेगापिक्सेल अल्ट्रावाइडसँग जोडिएको) र फोनको अगाडि सेल्फीहरूको लागि ८ मेगापिक्सेलको स्न्यापर रहेको छ।
यो फोन धुलो र हल्का पानी प्रतिरोधको लागि आईपी६४ रेट गरिएको छ भने टिकाउपनको लागि एमआईएल एसटीडी–८१०एच रेट पनि प्रदान गरिएको छ।
फोनमा स्टेरियो स्पिकरहरू र ३.५एमएम हेडफोन ज्याक पनि उपलब्ध रहेको छ। मोटो जी३७ प्यान्टोन इम्पेनेट्रेबल, प्यान्टोन क्याप्री, प्यान्टोन नटिकल ब्लू र प्यान्टोन फुसिया रेड रङ्गङ्गरुमा उपलब्ध हुनेछ।
मोटो जी३७ मा पावर दुईओटा बाहेक अन्य स्पेसिफिकेसनहरु समान रहेका छन्। डिभाइसमा ३०वाट वायर्ड चार्जिङ र ६वाट रिभर्स वायर्ड चार्जिङलाई समर्थन गर्ने ७,००० एमएएच ब्याट्री, र्याम/स्टोरेजतर्फ यो ४/८जीबी र १२८/२५६जीबी सँग आउँछ भने माइक्रोएसडी विस्तारलाई कायम राखेको उल्लेख गरिएको छ। जी३७ पावरमा एउटा मात्र रियर क्यामरा रहेको र अल्ट्रावाइड समावेश नगरिएको उल्लेख गरिएको छ।
प्रकाशित: १९ बैशाख २०८३, शनिबार