ईयूमा बिक्री गरिने ल्यापटपहरू अब यूएसबी–सी पोर्टको साथ ढुवानी गरिनु पर्ने

  • Technology Khabar | १८ बैशाख २०८३, शुक्रबार
ईयूमा बिक्री गरिने ल्यापटपहरू अब यूएसबी–सी पोर्टको साथ ढुवानी गरिनु पर्ने
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

सन् २०२४ को डिसेम्बरमा लागू भएको युरोपेली संघको साझा चार्जर निर्देशन अनुसार धेरैजसो नयाँ पोर्टेबल इलेक्ट्रोनिक डिभाइसहरू एकीकृत यूएसबी–सी कनेक्टरको साथ ढुवानी गरिनु पर्ने आवश्यकताको उल्लेख गरिएको थियो। त्यतिबेला, युरोपियन आयोगले ल्यापटप निर्माताहरूको लागि ट्रान्जिसनलाई थप १६ महिनाले बढाएको थियो र अनुग्रह अवधि आधिकारिक रूपमा अप्रिल २८ मा समाप्त भएको छ।

त्यसको अर्थ युरोपेली संघमा बिक्री गरिने सबै नयाँ ल्यापटपहरूले अब कानून अनुसार चार्ज गर्नको लागि कम्तिमा एउटा यूएसबी–सी पोर्टको सुविधा प्रदान गर्नु पर्ने भएको छ। निर्देशनले १००वाट वा कम पावर रेटिङ भएका सबै ल्यापटपहरूलाई यूएसबी–सी चार्जिङमा ट्रान्जिसन गर्नु पर्ने आवश्यकताको निर्दिष्ट गरेको छ। त्यो थ्रेसहोल्ड पार गर्ने डिभाइसहरूको लागि एउटा सानो अपवाद रहेको उल्लेख गरिएको छ र गेमिङ ल्यापटपहरूले अब अनिवार्य यूएसबी–सी पोर्टसँगै प्रोप्रियटरी ब्यारेल–प्लग कनेक्टरहरूसँग ढुवानी गर्न जारी राख्न सक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

त्यसैगरी, ल्यापटप निर्माताहरूले आफ्ना डिभाइसहरूको लागि “अनबन्डल्ड” प्याकेजिङ विकल्प पनि प्रदान गर्नु पर्ने आवश्यकताको उल्लेख गरिएको छ र त्यसको अर्थ चार्जर बिना ल्यापटपहरू बिक्री गरिनु हो। यो उपाय ई–वेस्ट (फोहोर) घटाउने र अवस्थित चार्जरहरूको पुनः प्रयोगलाई प्रोत्साहन गर्ने कदम भएको उल्लेख गरिएको छ।

नयाँ परिवर्तनले सबै २७ ईयू सदस्य राष्ट्रहरूमा बिक्री हुने सबै नयाँ ल्यापटपहरूलाई असर गर्नेछ। यो नयाँ परिवर्तनले हाल बिक्रीमा रहेका डिभाइसहरू वा सेकेन्ड–ह्यान्ड मोडेलहरूलाई असर नगर्ने उल्लेख गरिएको छ। पोर्टेबल इलेक्ट्रोनिक डिभाइसहरूमा यूएसबी–सी मा स्विच गर्नाले ग्राहकहरूको लागि वार्षिक २५० मिलियन यूरो सम्म बचत हुने र प्रति वर्ष ११,००० टन ई–फोहोर घट्ने ईयूको अनुमान रहेको छ।

प्रकाशित: १८ बैशाख २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार