रेडमी प्याड टू ९.७ अब सानो स्क्रिन, वैकल्पिक ४जी समर्थनको साथ आधिकारिक

  • Technology Khabar | १७ बैशाख २०८३, बिहीबार
रेडमी प्याड टू ९.७ अब सानो स्क्रिन, वैकल्पिक ४जी समर्थनको साथ आधिकारिक
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

शाओमीको रेडमी प्याड टू ९.७ पहिलो पटक मार्चमा देखा परेको थियो र यो ट्याब्लेट अब आधिकारिक भएको छ। कम्पनीले यो ट्याब्लेट मलेसिया र सिङ्गापुरको लागि कम्पनीको वेबसाइटहरूमा सूचीबद्ध गरेको छ।

नयाँ ट्याब्लेटमा २०४८×१२८० रिजोल्युसन, १२०हर्ज रिफ्रेस रेट, २४०हर्ज टच स्यापलिङङरेट र ६००–निट पिक ब्राइटनेस सहितको ९.७–इन्च एलसीडी स्क्रिन रहेको छ। यो ट्याब्लेटमा स्न्यापड्रागन ६एस जेन २ ४जी चिपसेटको साथ ४जीबी र्याम र ६४-१२८जीबी स्टोरेज समावेश गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

ट्याब्लेटको पछाडि ८ मेगापिक्सेलको क्यामरा र अगाडि ५ मेगापिक्सेलको स्न्यापर रहेको छ। ट्याब्लेटमा १८वाट वायर्ड चार्जिङ समर्थन गर्ने ७,६०० एमएएच ब्याट्री समावेश गरिएको छ। मलेसिया र सिङ्गापुरको बजारहरूमा यो १५वाट चार्जरको साथ ढुवानी गरिने छ।

रेडमी प्याड टू ९.७ ले हाइपरओएस ३ चलाउँछ। ट्याब्लेटको मापन २२६.५१ × १४७.९७ × ७.४ एमएम र तौल ४०६ ग्राम रहेको छ। यो ट्याब्लेट वाई–फाई–वन्लि वा वाई–फाई+४जी गरि दुई विकल्पहरूको साथ सिल्भर र ग्रेफाइट ग्रे रङ्गमा उपलब्ध हुनेछ।

ट्याब्लेटको वाई–फाई–वन्लिको मूल्य २२९ सिंगापुर डलर (१७९ अमेरिकी डलर) रहेको छ र वाई–फाई+४जीको मूल्य सिंगापुरमा २६९ सिंगापुर डलर (२११ अमेरिकी डलर) कायम गरिएको छ।

प्रकाशित: १७ बैशाख २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...