कुल गार्हस्थ्य उत्पादनमा सूचना तथा सञ्चार क्षेत्रको योगदान १.९३ प्रतिशत रहने प्रारम्भिक अनुमान

  • Technology Khabar | १५ बैशाख २०८३, मंगलवार
कुल गार्हस्थ्य उत्पादनमा सूचना तथा सञ्चार क्षेत्रको योगदान १.९३ प्रतिशत रहने प्रारम्भिक अनुमान

काठमाडौं ।

आर्थिक वर्ष २०८२/८३ मा सूचना तथा सञ्चार क्षेत्रको कुल गार्हस्थ्य उत्पादनमा १.९३ प्रतिशत योगदान रहने र कुल मूल्य अभिवृद्धि वृद्धिदर ५.५३ प्रतिशत हुने प्रारम्भिक अनुमान गरिएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को राष्ट्रिय लेखाका प्रारम्भिक अनुमानअनुसार कुल गार्हस्थ्य उत्पादनमा  सूचना तथा सञ्चार क्षेत्रको योगदान १.९३ प्रतिशत रहने देखिएको छ।

कार्यालयले अघिल्ला दुई वर्षको राष्ट्रिय लेखा अनुमानको परिमार्जन गर्ने अभ्यासबमोजिम आर्थिक वर्ष २०८१/८२ को संशोधित अनुमान र २०८०/८१ को अन्तिम मान प्रकाशन गरेको हो।

आर्थिक वर्ष २०८२/८३ मा कम्प्यूटर प्रोग्रामिङ् तथा इन्फर्मेशन सर्भिससम्बन्धी क्रियाकलापमा भएको वृद्धि, इन्टरनेट सेवा प्रदायकको कारोवार तथा ताररहित सञ्चार सेवामा भएको वृद्धिको कारणले यस क्षेत्रको कुल मूल्य अभिवृद्धिमा वृद्धि हुने प्रारम्भिक अनुमान रहेको छ।

यस्तै आर्थिक वर्ष २०८१/८२ मा यस क्षेत्रको वृद्धिदर ४.८८ प्रतिशत रहने संशोधित अनुमान गरिएको छ। आर्थिक वर्ष २०८०/८१ को तथ्याङ्क अनुसार उक्त वर्षमा यस क्षेत्रको वृद्धिदर ४.९१ प्रतिशत कायम भएको थियो।

प्रकाशित: १५ बैशाख २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार