
काठमाडौं ।
अनर नेपालले नेपाली स्मार्टफोन बजारमा नयाँ अनर ६०० लाइट सार्वजनिक गरेको छ। उत्कृष्ट प्रदर्शन, आकर्षक डिजाइन र अझ स्मार्ट प्रयोग अनुभवलाई संयोजन गरिएको यो स्मार्टफोन स्टाइल र शक्तिशाली प्रदर्शन दुवै खोजिरहेका आधुनिक प्रयोगकर्ताहरूका लागि विशेष रूपमा डिजाइन गरिएको बताइएको छ। साथै अनर ६०० लाइटले आकर्षक मूल्यमा अत्याधुनिक फिचरहरू प्रदान गर्ने उल्लेख गरिएको छ।
मजबुती र आकर्षक डिजाइनलाई ध्यानमा राखेर तयार गरिएको अनर ६०० लाइटको प्रिमियम मेटल–शील्ड बडीले फोनलाई अझ बलियो र स्टाइलिश बनाएको छ।
फोनमा १२० हर्ज रिफ्रेस रेटसहितको ६.६ इन्चको शानदार एएमओएलईडी डिस्प्ले समावेश गरिएको छ। डिस्प्लेले गेमिङ, भिडियो स्ट्रिमिङ तथा दैनिक प्रयोगका लागि अत्यन्त स्मूथ र जीवन्त दृश्य अनुभव प्रदान गर्दछ।
यो स्मार्टफोनमा मिडियाटेक डाइमेन्सिटी ७१०० एलिट प्रोसेसर, १२ जीबी र्याम र २५६ जीबी स्टोरेज समावेश गरिएको छ। फोनले तीव्र प्रदर्शन, सहज मल्टिटास्किङ तथा पर्याप्त स्टोरेज क्षमता सुनिश्चित गर्दछ।
अनर ६०० लाइटमा १०८ मेगापिक्सेल हाई–रेजोल्युसन क्यामरा रहेको छ। साथै, फोनमा समावेश गरिएको नयाँ एआई क्यामरा बटनले प्रयोगकर्तालाई स्मार्ट फोटोग्राफी फिचरहरूमा छिटो पहुँच प्रदान गर्दछ। साथै उन्नत एआई–सञ्चालित फिचरहरूको मद्दतले प्रयोगकर्ताले अझ स्मार्ट फोटोग्राफी, उत्पादकत्व वृद्धि तथा व्यक्तिगत प्रयोग अनुभव प्राप्त गर्न सक्नेछन्।
फोनमा रहेको शक्तिशाली ६५२०एमएएच ब्याट्रीले लामो समयसम्म बारम्बारको चार्ज बिना प्रयोग गर्न सकिने सुविधा प्रदान गर्दछ।
लन्चको अवसरमा अनर नेपालले विशेष प्रि–बुकिङ अफर पनि घोषणा गरेको छ। अनर ६०० लाइट प्रि–बुक गर्ने ग्राहकहरूले रु. १५,९९९ मूल्य बराबरको अनर च्वाइस वाच २ प्रो निःशुल्क प्राप्त गर्नेछन्।
अनर ६०० लाइट को मूल्य रु. ५९,९९९ तोकिएको छ र यो नेपालभरिका आधिकारिक अनर रिटेल स्टोरहरूमा उपलब्ध हुनेछ।
अनरले नेपाली उपभोक्ताहरूलाई नवीन प्रविधि र स्टाइलिश डिभाइसहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै प्रयोगकर्तालाई हरेक दिन अझ धेरै गर्न सक्षम बनाउने लक्ष्य राखेको छ।
प्रकाशित: १५ बैशाख २०८३, मंगलवार