
काठमाडौं ।
श्रवणशक्ति कमजोर भएका प्रयोगकर्ताहरूलाई रातमा निदाएको समयमा खतराहरूको बारेमा चेतावनी दिनको लागि स्मार्ट तकिया कभर आएको छ।
स्मार्ट तकिया कभरले श्रवणशक्ति कमजोर भएका प्रयोगकर्ताहरूलाई रातमा खतराहरूको बारेमा कम्पनहरू प्रयोग गर्दै चेतावनी दिने बताइएको छ।
मिराकुरु नामक स्मार्ट कभर तकिया भित्र रहेका ६ ओटा “साइलेन्ट” एयर च्याम्बरहरू रातभरि वैकल्पिक रूपमा इनफ्लेट (फुल्ने) र डिफ्लेट (घट्ने) गर्दछ भने दबाब बिन्दुहरू परिवर्तन गर्दै मांसपेशीहरूलाई बिस्तारै मालिस गर्नेछ भनी एनईएक्सटीएले ट्विटरमा पोस्ट गरेको छ।
जापानीहरूले तायार पारेको यो स्मार्ट तकियाले सुत्दा प्रायोगकर्ताको टाउको हल्लाउने भएकाले बिहान प्रायोगकर्ताको घाँटी नदुख्दै र ताजा महसुस गर्ने थप उल्लेख गरिएको छ।
सुत्दा श्रवणशक्ति कमजोर भएका व्यक्तिहरूको सुरक्षा बढाउन एउटा नयाँ समाधानको रुपमा यो स्मार्ट कभर डिजाइन गरिएको बताइएको छ।
सेन्सरहरूले सुसज्जित स्मार्ट कभरले वातावरणमा निश्चित परिस्थितिहरू वा खतरा संकेतहरू पत्ता लगाउन सक्ने टेलीग्राफले रिपोर्ट गरेको छ।
सम्भावित खतरा आइपर्दा प्रणालीले प्रयोगकर्तालाई जगाउन वा चेतावनी दिन कम्पनहरू प्रयोग गर्दछ। यो तरिकाको साथ डिभाइसले व्यक्तिले आवाज सुन्न नसक्ने आपतकालीन परिस्थितिहरूमा छिटो प्रतिक्रिया सक्षम गर्दछ।
अपाङ्गता भएका व्यक्तिहरूको लागि पहुँच र सुरक्षा सुधार गर्न यो प्रविधिलाई महत्त्वपूर्ण कदम मानिएको छ।
प्रकाशित: १५ बैशाख २०८३, मंगलवार