इन्टरनेट प्रविधिका लागि चीनको नयाँ परीक्षण भूउपग्रह प्रक्षेपण

  • Technology Khabar | १२ बैशाख २०८३, शनिबार
इन्टरनेट प्रविधिका लागि चीनको नयाँ परीक्षण भूउपग्रह प्रक्षेपण

काठमाडौं ।

चीनले शुक्रबार दक्षिणपश्चिमी सिचुआन प्रान्तको सिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा इन्टरनेट प्रविधि प्रवर्द्धन गर्ने परीक्षण भूउपग्रहहरूको नयाँ सेट सफलतापूर्वक पठाएको छ।

भूउपग्रहहरू दिउँसो २:३५ बजे (बेइजिङ समय) लङ मार्च-२डी क्यारियर रकेटमा प्रक्षेपण गरिएको थियो र तिनीहरू पूर्वनिर्धारित कक्षमा प्रवेश गरेको छ।

यी भूउपग्रहहरू मुख्यतया प्रविधि परीक्षण र प्रमाणीकरण गर्न प्रयोग गरिनेछ, जसमा प्रत्यक्ष स्याटेलाइट टू फोन ब्रोडब्यान्ड जडान र अन्तरिक्ष-भूमि नेटवर्क एकीकरण समावेश छ।

शुक्रबारको प्रक्षेपण लङ मार्च शृङ्खला वाहक रकेटहरूको ६३९ औं उडान मिसन थियो।

प्रकाशित: १२ बैशाख २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...