फागुन मसान्तसम्म १८ करोड रुपैयाँ बराबरको साढे ७३ हजारमाथि स्मार्ट वाच आयात

  • Technology Khabar | ११ बैशाख २०८३, शुक्रबार
फागुन मसान्तसम्म १८ करोड रुपैयाँ बराबरको साढे ७३ हजारमाथि स्मार्ट वाच आयात

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को नवौं महिना चैत्र मसान्तसम्म साढे १६ करोडभन्दा बढीको स्मार्ट वाच आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चैत्र मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कमा यस्तो उल्लेख छ।

यो अवधिमा १७ करोड ९९ लाख ४६ हजार बराबरको ७३ हजार २५९ थान स्मार्ट वाच आयात भएको छ।

चालु आर्थिक वर्षको नवौं महिना चैत्र मसान्तसम्म स्मार्ट वाचका लागि १८ करोड रुपैयाँ हाराहारी देशबाहिर जाँदा सरकारले ५ करोड ४१ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा नेपालमा विश्वका २० मुलुकबाट गरी ७३ हजार २५९ थान स्मार्ट वाच आयात भएको देखिन्छ।

उक्त अवधिसम्मको आयात विवरणअनुसार सबैभन्दा धेरै ६६ हजार १४० सय थान स्मार्ट वाच चीनबाट आयात भएको छ जसको समग्र मूल्य १४ करोड ७३ लाख ७४ हजार रुपैयाँ रहेको छ।

यसैगरी भारतबाट ९१ लाख ४० हजार बराबरको ६ हजार २८६ थान र भियतनामबाट २ करोड २४ लाख २५ बराबरको ५११ थान स्मार्ट वाच भित्रिएको छ।

यस्तो छ विवरण:

क्रसंदेशविवरणरकम (हजारमा)
अस्ट्रेलिया१०७२
बहराइन१०
क्यानडा११
चीन६६१४०१४७३७४
जर्मनी
भारत६२८६९१४०
इजरायल
कुवेत२९१९
लेबनन
१०मलेसिया
११ओमन
१२फिलिपिन्स५१
१३कतार१५
१४साउदी अरेबिया१७१२
१५ताइवान१६५
१६थाइल्याण्ड८६
१७यूएई१७८२१७
१८बेलायत२०१७०
१९अमेरिका१६१८१
२०भियतनाम५११२२४२५

प्रकाशित: ११ बैशाख २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार