आईफोन १८ प्रोको हिरो कलरको बारेमा थप विवरणहरू लीक

  • Technology Khabar | ११ बैशाख २०८३, शुक्रबार
आईफोन १८ प्रोको हिरो कलरको बारेमा थप विवरणहरू लीक
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एप्पलको आगामी आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्समा नयाँ ‘हिरो’ रङ्ग हुने अपेक्षा गरिएको छ। गत वर्ष आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्सको लागि एप्पलले कस्मिक ओरेन्जलाई ‘हिरो’ रङ्गको रुपमा प्रस्तुत गरेको थियो।

केही दिन अघि आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्स लाइट ब्लू, डार्क चेरी, डार्क ग्रे र सिल्भर रङ्गमा आउने हल्ला बाहिरिएको थियो। त्यसपछि यी रङ्गहरू आईफोन १८ प्रोको लीक भएको क्यामरा आइल्याण्डहरूमा देखा परेका थिए।

त्यसैगरी अब चीनका एक लीकरले उक्त डार्क चेरी रङ्गको बारेमा थप जानकारी साझा गरेको र यो नै अब आगामी डिभाइसको हिरो रङ्ग हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

यो निश्चित रूपमा पहिले स्मार्टफोनमा नदेखिएको एक अद्वितीय रङ्ग हुनेछ।

तर चिनियाँ एन्ड्रोइड डिभाइस निर्माताहरूले पहिले नै एप्पलको नयाँ रङ्ग संयोजनलाई धेरै चाँडै नक्कल गर्ने हल्ला चलेको हुनाले उक्त नयाँ रङ्गको विशिष्टता चाँडै नै हराउने सम्भावना रहेको उल्लेख गरिएको छ।

साथै चिनियाँ एन्ड्रोइड डिभाइस निर्माताहरूले आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्स बाहिर आएपछि कस्मिक ओरेन्ज रङ्गको पनि नक्कल गरेका थिए।

प्रकाशित: ११ बैशाख २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...