तनहुँमा ई-पेन्सन सेवा सुरु

  • Technology Khabar | १० बैशाख २०८३, बिहीबार
तनहुँमा ई-पेन्सन सेवा सुरु

काठमाडौं ।

सङ्घीय सरकारको अर्थ मन्त्रालयले सुरु गरेको ई-पेन्सन सेवा तनहुँबाट कार्यान्वयनमा आएको छ । जिल्लामा सुरु गरिएको सेवाअन्तर्गत भानु नगरपालिकाबाट निवृत्त शिक्षा अधिकारी ध्रुवराज पौडेल पहिलो सेवाग्राही बनेका छन्।

निवृत्तीभरण अधिकारपत्र प्राप्त गर्दै पहिलो सेवाग्राही बन्न पाउँदा गोरवान्वित महसुस गरेको पौडेलले प्रतिक्रिया दिए। उनका अनुसार अब कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मार्फत अधिकारपत्रसँगै सञ्चित बिदाको रकम र उपचार खर्चसमेत एकै ठाउँबाट प्राप्त गर्न सकिने व्यवस्था भएको छ । यसले समय, श्रम र खर्च बचत हुनुका साथै सूचना प्रविधिको प्रभावकारी प्रयोगमार्फत सेवा प्रवाहलाई थप सहज बनाएको उनले बताए ।

कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) तनहुँका प्रमुख अशोकराज खनालले इ-पेन्सन सेवा सेवाग्राहीमैत्री र पारदर्शी बनाउने उद्देश्यले सुरु गरिएको बताए। उनले भने, “डिजिटल माध्यमबाट पेन्सनसम्बन्धी सेवा प्रवाह गर्दा सेवाग्राहीले छिटो, सहज र झन्झटमुक्त सेवा पाउनेछन् । यसले सुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएका छौँ ।” रासस

प्रकाशित: १० बैशाख २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...