
काठमाडौं ।
के९० म्याक्स स्मार्टफोनसँगै रेडमीले के प्याड २ ट्याब्लेट पनि अनावरण गरेको छ। यो आफ्नो पूर्ववर्तीको जस्तै हाई पर्फर्मेन्स (धेरै उच्च प्रदर्शन) भएको मिनी ट्याब्लेट हो।
यो ट्याब्लेट मिडियाटेकको हालको शीर्ष चिप डाइमेन्सिटी ९५००एसओसी द्वारा संचालित छ। यो एसओसी ८÷१२÷१६जीबी र्याम र २५६÷५१२जीबी स्टोरेजसँग जोडिएको छ। ट्याब्लेटमा १६५ हर्ज रिफ्रेस रेट, १,१००–निट पिक ब्राइटनेस सहितको ८.८–इन्च ३००८×१८८० एलसीडी स्क्रिन छ। साथै उक्त स्क्रिन माथि गोरिल्ला ग्लास ५ पनि रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
ट्याब्लेटको पछाडि १३ मेगापिक्सेलको क्यामेरा रहेको छ भने अगाडि ८ मेगापिक्सेलको स्न्यापर समावेश गरिएको छ। रेडमी के प्याड २ मा ६७ वाट वायर्ड र २२.५ वाट रिभर्स वायर्ड चार्जिङको लागि समर्थनको साथ ९,१०० एमएएच ब्याट्री छ। ट्याब्लेटले शाओमीको हाइपरओएस ३ चलाउँछ।
के प्याड २ को ८जीबी र्याम र २५६जीबी स्टोरेजको मूल्य ३,३९९ चिनियाँ युआन (४९८ अमेरिकी डलर), १२जीबी र्याम र २५६जीबी स्टोरेजको मूल्य ३,७९९ चिनियाँ युआन (५५७ अमेरिकी डलर) र १६जीबी र्याम र ५१२जीबी स्टोरेजको मूल्य ४,७९९ चिनियाँ युआन (७०३ अमेरिकी डलर) रहेको छ। यो ट्याब्लेट डीप ब्ल्याक, स्पेस सिल्भर, र इलेक्ट्रिक भायोलेट रङ्गहरूमा उपलब्ध हुनेछ।
प्रकाशित: १० बैशाख २०८३, बिहीबार