रेडमी ए७ र ए७ प्रो बजेट ४जी फोनहरूको रुपमा घोषणा गरियो

  • Technology Khabar | १० बैशाख २०८३, बिहीबार
रेडमी ए७ र ए७ प्रो बजेट ४जी फोनहरूको रुपमा घोषणा गरियो
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

भारतमा हालै रेडमी ए७ प्रो ५जी लन्च गरेको शाओमीलेले अब स्ट्याण्डर्ड रेडमी ए७ ४जी सँगसँगै ए७ प्रोको ४जी भेरियन्ट पनि लन्च गरेको छ।

रेडमी ए७ ४जीमा ६.८८–इन्च एलसीडी रहेको छ भने ए७ प्रो ४जीमा ६.९–इन्च प्यानल समावेश गरिएको छ। दुवै डिभाइसहरूले १२०हर्ज रिफ्रेस रेट, एचडीप्लस रिजोल्युसन र २४०हर्ज टच स्याम्पलिङ रेट प्रदान गर्दछ।

दुवै स्मार्टफोनहरू युनिसोक टी७२५० चिपसेटको साथमा ४जीबी सम्म एलपीडीडीआर४एक्स र्याम र ६४जीबी यूएफएस २.२ स्टोरेज समावेश गरिएको छ। साथै दुवै डिभाइसहरूमा विस्तारयोग्य स्टोरेजको लागि माइक्रोएसडी कार्ड स्लट पनि समावेश गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

रेडमी ए७ ४जी र ए७ प्रो ४जीमा एउटै क्यामरा सेटअप साझा गरिएको छ। डिभाइस्हरुको उक्त क्यामरा सेटअपमा १३ मेगापिक्सेलको प्राथमिक रियर क्यामरा र ८ मेगापिक्सेलको फ्रन्ट–फेसिङ सेन्सर रहेका छन्।

स्ट्याण्डर्ड भेरियन्टमा ५,२००एमएएच ब्याट्री रहेको छ भने ए७ प्रो ४जीमा ठूलो ६,३००एमएएच ब्याट्री समावेश गरिएको छ। दुवै डिभाइसहरूले १५वाट वायर्ड र ७.५वाट रिभर्स वायर्ड चार्जिङ समर्थन गर्ने बताइएको छ।

अतिरिक्त सुविधाहरूमा साइड–माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर, ३.५एमएम हेडफोन ज्याक, आईपी५२ रेटिङ र डुअल–सिम समर्थन समावेश गरिएका छन्। कनेक्टिभिटी विकल्पहरूमा ब्लुटुथ ५.२, जीपीएस, वाई–फाई र यूएसबी टाइप–सी पोर्ट समावेश छन्।

सफ्टवेयरतर्फ, रेडमी ए७ ४जीमा एन्ड्रोइड १५–आधारित हाइपरओएस २ रहेको छ भने ए७ प्रो ४जी एन्ड्रोइड १६ मा आधारित हाइपरओएस ३ सँग आउने बताइएको छ।

स्ट्याण्डर्ड मोडेलमा २ वर्षको एन्ड्रोइड अपडेट र ४ वर्षको सुरक्षा प्याच उपलब्ध हुने वाचा गरिएको छ। त्यसैगरी प्रो भेरियन्टमा ४ वर्षको एन्ड्रोइड ओएस अपग्रेड र ६ वर्षको सुरक्षा अपडेट प्राप्त हुने अपेक्षा गरिएको छ।

रेडमी ए७ ४जी ३जीबी/६४जीबी भेरियन्टमा मात्र उपलब्ध हुनेछ भने डिभाइसको मूल्य १०,४९९ भारतीय रुपैयाँ (११२ अमेरिकी डलर) कायम गरिएको छ। यो मोडेल कालो र आकाशे निलो रङ्गहरूमा उपलब्ध हुनेछ।

त्यसैगरी, रेडमी ए७ प्रो ४ जीबी र्याम र ६४ जीबी स्टोरेजको साथ उपलब्ध हुनेछ र डिभाइसको मूल्य ११,४९९ भारतीय रुपैयाँ (१२३ अमेरिकी डलर) कायम गरिएको छ। यो फोन प्रो सनसेट ओरेञ्ज र कालो रङ्गहरूमा उपलब्ध हुनेछ।

फोनहरू अप्रिल २४ देखि भारतमा खरिदको लागि उपलब्ध हुनेछन्। ग्राहकहरूले आधिकारिक शाओमी अनलाइन स्टोर, फ्लिपकार्ट वा अफलाइन खुद्रा स्टोरहरूमा फोनहरू खरिद गर्न सक्नेछन्।

प्रकाशित: १० बैशाख २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...