नेपाल टेलिकमको आईपीटीभी सेवा अवरुद्ध

  • Technology Khabar | ८ बैशाख २०८३, मंगलवार
नेपाल टेलिकमको आईपीटीभी सेवा अवरुद्ध

काठमाडौं ।

नेपाल टेलिकमको आईपीटीभी सेवा अवरुद्ध भएको छ। कम्पनीले केही समयअघि सामाजिक सञ्जाल एक्समा एउटा सूचना जारी गर्दै एनटी फाइबर अन्तर्गत आईपीटीभीमा प्राविधिक समस्या आएको जानकारी गराएको हो।

‘यथाशीघ्र समाधानका लागि कार्य भइरहेको हुनाले केही समय धैर्यताका लागि आदरणीय ग्राहकवर्गमा अनुरोध छ । यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ’, सूचनामा लेखिएको छ।

यसबारेमा बुझ्दा टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले प्राविधिक समस्या आएको र प्राविधिक टोलीले कारण पत्ता लगाएर समाधानको प्रयास गरिरहेको टेक्नोलोजीखबरलाई जानकारी दिए। उनले भने, ‘प्राविधिक समस्या आएको छ, टेक्निकल टिम त्यसमै लागि परिरहेको छ। आशा छ छिट्टै समस्या समाधान हुनेछ।’

यस प्रकारका प्राविधिक समस्यामा कति समयमा समाधान हुन्छ भन्न नसकिने उनले थपे। हिजो दिउँसो नेपाल टेलिकमको वेबसाइटमा पनि समस्या आएको थियो जुन केही घण्टाभित्र समाधान भएको थियो।

प्रकाशित: ८ बैशाख २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...