
काठमाडौं ।
यो वर्षको उत्तरार्धमा सार्वजनिक हुने अपेक्षा गरिएको ओप्पोको फाइन्ड एक्स१० सिरिजको बारेमा धेरै विवरणहरू लीकबाट बाहिर आइसकेका छन्।
सिरिजमा फाइन्ड एक्स१०, फाइन्ड एक्स१० प्रो र फाइन्ड एक्स१० प्रो म्याक्स समावेश हुने अपेक्षा गरिएको छ। साथै नयाँ लीकले अब फाइन्ड एक्स१० को बारेमा केही विवरणहरूको खुलासा गरेको छ।
टिपस्टर डिजिटल च्याट स्टेशनले फाइन्ड एक्स१० को बारेमा नयाँ विवरणहरूको खुलासा गर्दै डिभाइसमा ८,००० एमएएच ब्याट्री हुन सक्ने सुझाव दिएको छ। साथै टिपस्टरले फोनमा डुअल २०० मेगापिक्सेलको रियर क्यामरा सेटअप रहने दाबी गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
पहिलेको लीकले फाइन्ड एक्स१० मा १.५ के रिजोल्युसनको साथ ६.५९ इन्चको डिस्प्ले र डाइमेन्सिटी ९६०० चिपसेटद्वारा संचालित हुन सक्ने संकेत गरेको थियो। त्यसैगरी, सम्पूर्ण फाइन्ड एक्स१० सिरिजले म्यागसेफ जस्तो वायर रहित चार्जिङलाई समर्थन गर्ने हल्ला पनि चलिरहेको छ।
प्रकाशित: ८ बैशाख २०८३, मंगलवार