आईफोन १८ प्रो सिरिज यी नयाँ रङ्गहरूमा आउनेछन्

  • Technology Khabar | ६ बैशाख २०८३, आईतवार
आईफोन १८ प्रो सिरिज यी नयाँ रङ्गहरूमा आउनेछन्
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

म्याकवर्ल्डको एउटा नयाँ रिपोर्टले आगामी आईफोन १८ प्रो सिरिजमा कुन रङ्गहरू उपलब्ध हुनेछन् भन्ने कोड क्र्याक गरेको दावी गरेको छ।

एप्पलको आपूर्ति शृङ्खलासँग परिचित स्रोतहरूका अनुसार १८ प्रो र १८ प्रो म्याक्स चार रङ्ग विकल्पहरूमा आइपुग्नेछन्। एप्पलको आन्तरिक टोलीहरूले लाईट ब्लू (प्यान्टोन २१२१), डार्क चेरी (प्यान्टोन ६०७६), डार्क ग्रे (प्यान्टोन ४२६सी) र सिल्भर (प्यान्टोन ४२७सी) रङ्गको बारेमा उल्लेख गरेका छन्।

त्यसैगरी पहिले नै तथाकथित डीप रेड (गहिरो रातो) रङ्ग भेरियन्टको बारेमा अफवाहहरू देखा परिसकेका छन्। यो रङ्ग नयाँ प्रो मोडेलहरूको हिरो रङ हुने सम्भावना रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

डार्क चेरी आगामी आईफोन प्रो पुस्ताको लागि नयाँ बोल्ड रङ्ग हुने बताइएको छ। यो रङ्गलाई रेड वाइन रङ्गको रूपमा वर्णन गरिएको छ। साथै आईफोन १७ प्रो सिरिजको हिरो रङ्ग कस्मिक सुन्तला रङ्गलाई डार्क चेरी रङ्गले प्रतिस्थापन गर्न सेट गरिएको छ।

अर्को नयाँ शेड (रङ्ग) लाईट ब्लू भने भेनिला आईफोन १७ को मिस्ट ब्लू रङ्ग विकल्पसँग समान हुने भनिएको छ। एप्पलले कालो रङ्गको नजिकको डार्क ग्रे भनिने वास्तविक डार्क शेड पनि प्रस्तुत गर्ने बताइएको छ। त्यसैगरी, एप्पलले सिल्भर शेड पनि फिर्ता ल्याइरहेको बताइएको छ र यो रङ्ग आईफोन १७ प्रो/१७ प्रो म्याक्समा रहेको रङ्ग जस्तै हुने भनिएको छ।माथिका रेन्डरहरूमा रहेका रङ्गहरू अन्तिम खुद्रा संस्करणहरूबाट थोरै फरक हुन भने सक्छन्।

प्रकाशित: ६ बैशाख २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Samsung Innovation Campus graduates coding students, launches AI programme in Nepal

  • Technology Khabar
  • ६ बैशाख २०८३, आईतवार

DipArtha hosts interaction program

  • ६ बैशाख २०८३, आईतवार

India’s electric scooter brand Ampere officially launches in Malangwa

  • ६ बैशाख २०८३, आईतवार

Two hundred thousand online betting apps closed

  • ६ बैशाख २०८३, आईतवार