भारतमा मूल्यवृद्धिका बीच पहिलो त्रैमासमा स्मार्टफोन ढुवानी ६ वर्षकै न्यून स्तरमा: रिपोर्ट

  • Technology Khabar | ६ बैशाख २०८३, आईतवार
भारतमा मूल्यवृद्धिका बीच पहिलो त्रैमासमा स्मार्टफोन ढुवानी ६ वर्षकै न्यून स्तरमा: रिपोर्ट
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

भारतको स्मार्टफोन बजार २०२६ को पहिलो त्रैमासमा वार्षिक रुपमा ३ प्रतिशतले घटेको छ जुन पछिल्ला ६ वर्षयताकै सबैभन्दा कमजोर त्रैमासिक प्रदर्शन भएको काउन्टरपोइन्ट रिसर्चको मन्थली इण्डिया स्मार्टफोन ट्र्याकरले जनाएको छ।

नयाँ मोडेलहरू सार्वजिनक हुने क्रम बढे पनि कम्पोनेन्टको बढ्दो लागत, मौलिक उपकरण निर्माताहरूले गरेको मूल्य वृद्धि र कमजोर उपभोक्ता मागका कारण बिक्री घटेको बताइएको छ।

वरिष्ठ विश्लेषक प्राचिर सिंहले बजार स्पष्ट रूपमा किन्न सक्ने क्षमतामा दबाबमा रहेको बताएका छन् जुन मेमोरी मूल्यवृद्धि र मुद्रा दबाबका कारण भएको हो। उनले औसत मूल्य वृद्धि १ हजार ५ सयभन्दा बढी पुगेको र १५ हजारभन्दा कमको सेग्मेन्ट सबैभन्दा बढी प्रभावित भएको बताए किनकि त्यहाँ मूल्यप्रति संवेदनशीलता उच्च छ।

उनका अनुसार ऊर्जा लागत र भूराजनीतिक तनावले पनि घरायसी बजेटमा दबाब बढाइरहेको छ, जसले उपभोक्तालाई आवश्यक वस्तुहरूमा प्राथमिकता दिन बाध्य बनाएको छ। उनले “अपग्रेड साइकल आर स्ट्रेचिङ” (अपग्रेड गर्ने चक्र लामो हुँदै गएको छ) भन्दै निकट भविष्यमा सुधार क्रमिक हुने बताएका छन्।

भारतको स्मार्टफोन ढुवानी पहिलो त्रैमासमा वार्षिक रुपमा ३ प्रतिशत घट्नुका मुख्य कारणहरूमा मेमोरी र कम्पोनेन्ट लागतमा तीव्र वृद्धि, मौलिक उपकरण निर्माताहरूले विभिन्न मोडेलमा मूल्य वृद्धि गर्नु, इन्ट्री लेभल सेग्मेन्टमा कमजोर माग, मुद्रा उतारचढावका कारण बिल अफ मटेरियल्स (बीओएम) लागत बढ्नु तथा घरायसी र ऊर्जा खर्च बढेर डिस्क्रिशनरी खर्च घट्नु रहेको फोनएरिनाले उल्लेख गरेको छ।

विशेष गरी मेमोरी मूल्य र मुद्रा दबाबका कारण बढ्दो कम्पोनेन्ट लागतलाई कम गर्न र थप बीओएम मुद्रास्फीति रोक्नका लागि करिब एक–तिहाइ नयाँ मोडेल लन्चहरू अघि सारेर पहिलो त्रैमासमा ल्याइएको थियो।

Counterpoint स्मार्टफोन

पहिलो त्रैमासमा ८० भन्दा बढी स्मार्टफोन मोडेलमा औसत १५% मूल्य वृद्धि भएको छ। दोस्रो त्रैमासमा थप १५ प्रतिशत–२० प्रतिशत मूल्य वृद्धि हुने अपेक्षा गरिएको छ। मेमोरी मूल्य क्रमिक रूपमा ८० प्रतिशत – ८५ प्रतिशतसम्म बढ्ने प्रक्षेपण गरिएको छ जसले  झन् घटाउनेछ।

ब्रान्डहरुको स्थिति

  • भिभो २१ प्रतिशत हिस्सासहित पहिलो स्थानमा रह्यो।
  • ए-सिरिज मोडेलहरूको मागका कारण सामसङ दोस्रो स्थानमा रह्यो।
  • ओप्पो १४ प्रतिशत हिस्सासहित तेस्रो स्थानमा रह्यो र सबैभन्दा छिटो बढ्ने शीर्ष पाँच ब्रान्ड बन्यो।
  • १० हजारदेखि २० हजार भारु सेग्मेन्टमा बलियो प्रदर्शनसहित शाओमी चौथो स्थानमा रह्यो।
  • रियलमीले अनलाइन च्यानलमा राम्रो माग देखायो र शीर्ष ब्रान्डमध्ये रह्यो।
  • आईफोन १७ सिरिजको बलियो माग र ईएमआई तथा एक्सचेञ्ज अफरहरुका कारण एप्पलको हिस्सा ९ प्रतिशत पुगेको छ।

तीव्र वृद्धि भएका ब्रान्ड र प्रवृत्ति

नथिङ (सीएमएफ सहित) ४७ प्रतिशत वार्षिक वृद्धिसहित सबैभन्दा छिटो बढ्ने ब्रान्ड बन्यो।
गुगलले प्रिमियम सेग्मेन्टमा ३९ प्रतिशत वृद्धि देखायो, AI फिचरहरूको कारण।
वनप्लसले ३० देखि ४५ हजार भारु सेग्मेन्टमा राम्रो प्रदर्शन गर्‍यो।

चिपसेट बजार

मिडियाटेकले ४९ प्रतिशत हिस्सासहित नेतृत्व गर्‍यो भने प्रिमियम एण्ड्रोइड सेग्मेन्टमा क्वालकमले ५० प्रतिशत भन्दा बढी हिस्सा लिएको छ।

अनुसन्धान निर्देशक तरुण पाठकले निकट अवधिमा बजार दबाबमै रहने र दोस्रो त्रैमासमा दोहोरो अंकको गिरावट हुन सक्ने बताएका छन्। वर्षभरि बजार करिब १० प्रतिशत वार्षिकले घट्न सक्ने अनुमान गरिएको छ।

उनका अनुसार मेमोरी मूल्यवृद्धि (पछिल्ला तीन त्रैमासमा करिब ४ गुणा बढेको) ले उपभोक्ताको किन्न सक्ने क्षमतामा ठूलो असर पारिरहेको छ र प्रतिस्थापन चक्र लामो बनाइरहेको छ।

समग्रमा प्रिमियम सेग्मेन्ट तुलनात्मक रूपमा स्थिर रहे पनि बृहत् बजारमा कमजोर मागका कारण बजारको सुधार क्रमिक र असमान हुने देखिन्छ।

प्रकाशित: ६ बैशाख २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...