स्पोटिफाईले आफ्नो ट्याब्लेट एप पुनः डिजाइन गर्यो

  • Technology Khabar | ५ बैशाख २०८३, शनिबार
स्पोटिफाईले आफ्नो ट्याब्लेट एप पुनः डिजाइन गर्यो

काठमाडौं ।

स्पोटिफाईले एन्ड्रोइड ट्याब्लेट र आईप्याड दुवैको लागि आफ्नो ट्याब्लेट इन्टरफेसलाई पुनः परिमार्जन गरेको घोषणा गरेको छ। “नयाँ एप अनुभव” सुरुदेखि नै ट्याब्लेटहरूको लागि तयार पारिएको र “ठूला स्क्रिनहरूमा सुन्ने, हेर्ने र खोजलाई अझ प्राकृतिक महसुस गराउन डिजाइन गरिएको” आधिकारिक प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

पुनः डिजाइन गरिएको ट्याब्लेट यूआई पहिले जस्तै स्केल गरिएको फोन संस्करण मात्र नभइ बरु, यो अतिरिक्त स्क्रिन रियल इस्टेटको फाइदा लिन डिजाइन गरिएको हुनाले “तपाईं पहिले नै खेलिरहेको कुरासँगै ब्राउज गर्न र नयाँ मनपर्नेहरू कुरा पत्ता लगाउन सक्नुहुन्छ” भनि थप उल्लेख गरिएको छ।

प्रयोगकर्ताले पोट्र्रेट र ल्यान्डस्केप बीच स्विच गर्दा यूआई रिकन्फिगर हुन्छ र अब यो पहिले जस्तै आकार परिवर्तन नगर्ने बताइएको छ। यो तरिकाले स्पोटिफाईले अब दुवै दृश्यहरूमा “ब्यालेन्स्ड र इन्टेन्सनल” महसुस गर्ने बताएको छ। अन्तरक्रियात्मक र स्क्रोल गर्न मिल्ने सामग्रीको साथ नयाँ साइडबारले प्रयोकर्तालाई सुनिरहेको बेला ब्राउज गर्न र पत्ता लगाउन दिनेछ र प्रयोकर्ता आफ्नो आवश्यकताहरू पूरा गर्न त्यसलाई संक्षिप्त वा विस्तार गर्न सक्नेछन्।

त्यसैगरी अगाडि र केन्द्रमा रहेको स्विच टु भिडियोमा टगलले प्रयोकर्तालाई सजिलैसँग थप इमर्सिभ भिविङ्ग अनुभवको लागि अनुमति दिनेछ। यूआई फरक भए तापनि मुख्य नेभिगेसन भने परिवर्तन नभएको हुनाले अनुभव अझै पनि “मोबाइल एपको प्राकृतिक विस्तार” जस्तो भएको उल्लेख गरिएको छ। साथै अवस्थित तल्लो नेभिगेसन बारले प्रयोगकर्ताको मुख्य पृष्ठहरूलाई सजिलो पहुँच भित्र राख्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ५ बैशाख २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार