७० भन्दा बढी “ह्युमनोइड रोबोट” टोलीहरू चीनको दोस्रो हाफ म्याराथनको लागि तयारी गर्दै

  • Technology Khabar | ५ बैशाख २०८३, शनिबार
७० भन्दा बढी “ह्युमनोइड रोबोट” टोलीहरू चीनको दोस्रो हाफ म्याराथनको लागि तयारी गर्दै
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

चीनको बेइजिङमा हुने दोस्रो रोबोट हाफ म्याराथनमा सहभागिता जनाउँदै ह्युमनोइड मेसिनहरू अर्को असामान्य चुनौतीको लागि तयार गर्दै छन्।

७० भन्दा बढी टोलीहरूले रातभरको परीक्षणमा भाग लिएको र अप्रिल १९ मा निर्धारित आधिकारिक दौडभन्दा अगाडि ई–टाउन विकास क्षेत्रमा २१ किलोमिटर ट्र्याकमा रोबोटहरूको परीक्षण गरिएको टेलिग्राफले रिपोर्ट गरेको छ।

परीक्षणले स्वायत्त सडक नेभिगेसनदेखि आपतकालीन परिस्थितिहरूमा प्रतिक्रिया दिने सम्मका वास्तविक दौड अवस्थाहरूको नक्कल गरेको थियो।

चाइनिज इन्स्टिच्युट अफ इलेक्ट्रोनिक्सका अनुसार लगभग ४० प्रतिशत टोलीहरूले अब पूर्ण रूपमा स्वायत्त प्रणालीहरू प्रयोग गरेको त्यसले रोबोटहरूको लागि चुनौतीलाई अझ जटिल बनाउने उल्लेख गरिएको छ।

आयोजकहरूले यो वर्ष सहनशीलता र दौड पूरा गर्ने लक्ष्यको साथ नयाँ पुरस्कार कोटीहरू पनि थप गरेका छन्। गत वर्ष पहिलो संस्करणमा २१ रोबोटहरू मध्ये केवल ६ वटा मात्र अन्तिम रेखामा पुगेका थिए।

धेरै टोलीहरूका लागि यो दौड एउटा महत्त्वपूर्ण प्राविधिक प्रयोग बनेको छ।

ओभर हिटिङ्ग इन्जिन र र्यापिड (द्रुत) ब्याट्री डिस्चार्ज जस्ता समस्याहरूको प्रमुख चुनौतीहरू भए तापनि सहभागिता उल्लेखनीय रूपमा बढेको र गत वर्षको तुलनामा पाँच गुणाले वृद्धि भएको बताइएको छ।

प्रकाशित: ५ बैशाख २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार