नथिङले वार्प एप अनावरण गर्यो; एन्ड्रोइड र कम्प्युटर बीच अब सहज रुपमा फाइलहरू ट्रान्सफर्स गर्न सकिने

  • Technology Khabar | ४ बैशाख २०८३, शुक्रबार
नथिङले वार्प एप अनावरण गर्यो; एन्ड्रोइड र कम्प्युटर बीच अब सहज रुपमा फाइलहरू ट्रान्सफर्स गर्न सकिने

काठमाडौं ।

गुगलले पहिले नै आफ्ना दुई नयाँ फ्ल्यागशिप स्मार्टफोन सिरिजमा एयरड्रपको लागि समर्थन प्रदान गरिसकेको अवस्थामा सामसङले पनि बिस्तारै यो कदमलाई पछ्याउँदैछ।

त्यसैगरी नथिङले पनि अब एन्ड्रोइड डिभाइसहरू र म्याकोस, विन्डोज वा लिनक्स चलाउने कम्प्युटरहरू बीच सहज रुपमा फाइलहरू ट्रान्सफर्स गर्न आफ्नै प्रणाली जारी गरिरहेको छ।

नथिङ वार्प भनिने यो यो प्रणाली प्ले स्टोरमा प्रयोगकर्ताको एन्ड्रोइड फोनको लागि निःशुल्क रूपमा डाउनलोडको लागि उपलब्ध छ। कम्प्युटर तर्फ, प्रयोगकर्ताले गुगल क्रोम र अन्य क्रोमियम–आधारित ब्राउजरहरूको लागि वार्प एक्सटेन्सन इन्स्टल (स्थापना) गर्न आवश्यक रहेको बताइएको छ। प्रयोगकर्ताले यो एक्सटेन्सन क्रोम वेब स्टोरमा फेला पार्न सक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रयोगकर्ताको एन्ड्रोइड डिभाइसमा, वार्प एन्ड्रोइड सेयर मेनुमा एकीकृत हुन्छ। एकपटक प्रयोगकर्ताले आफ्नो एन्ड्रोइड डिभाइस र आफ्नो कम्प्युटर दुवैमा एउटै गुगल खाताको साथ वार्पमा कनेक्ट गरिसकेपछि “सबै कुरा सहज हुने” नथिङले बताएको छ।

प्रयोगकर्ताले दुवै दिशामा आफ्ना डिभाइसहरू बीच फाइलहरू, लिङ्कहरू, कपि गरिएको टेक्स्ट र तस्बिरहरू निर्बाध रूपमा पठाउन सक्नेछन्। प्रयोगकर्ताका फाइलहरू तिनीहरुको आफ्नै गुगल ड्राइभ मार्फत ट्रान्सफर्स हुने भएकाले वार्पले प्रयोगकर्ताको डाटा भण्डारण वा पहुँच नगर्ने उल्लेख गरिएको छ।

 

 

प्रकाशित: ४ बैशाख २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...