माघमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम २ अर्बले बढ्यो

  • Technology Khabar | २८ फाल्गुन २०८२, बिहीबार
माघमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम २ अर्बले बढ्यो

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को सातौं महिना माघ मसान्तमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्या दुवै अघिल्लो महिनाको तुलनामा उल्लेख्य वृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८२ माघ समान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार इन्टरनेट बैंकिङ कारोबार सङ्ख्या र रकम दुवैमा उल्लेख्य  वृद्धि भएको पाइएको हो।

यो प्रवृत्ति मंसिरबाट पुष मसान्तसम्म आइपुग्दा पनि उस्तै रहेको थियो। अर्थात् उक्त अवधिमा कारोबार रकम र सङ्ख्या दुवैमा यो महिनाको जस्तै वृद्धि भएको थियो।

पुषमा इन्टरनेट बैंकिङमार्फत् गरिने कारोबार सङ्ख्या ५ लाख ५९ हजार ५१९ रहेको थियो। पुष मसान्तबाट माघ मसान्तसम्मको एक महिनाको अवधिमा ९ हजार ८०७ बढेर समग्रमा ५ लाख ६९ हजार २२७ पुगेको छ।

कारोबार रकम गत पुषमा २१ अर्ब ९६ करोड २० लाख थियो। पुष मसान्तबाट माघ मसान्तसम्मको एक महिनाको अवधिमा १ अर्ब ९६ करोड ५० लाख रुपैयाँले बढेर समग्रमा २३ अर्ब ९२ करोड ७० लाख पुगेको प्रतिवेदनले देखाएको छ।

प्रकाशित: २८ फाल्गुन २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...