ताजा समाचार

पूर्व सञ्चारमन्त्री जगदीश खरेल ललितपुर–२ बाट भारी मतका साथ विजयी

पूर्व सञ्चारमन्त्री जगदीश खरेल ललितपुर–२ बाट भारी मतका साथ विजयी
Global IME Bank

पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल प्रतिनिधिसभा सदस्य निर्वाचनमा विपक्षीको भन्दा ५ गुणा भन्दा धेरै मतान्तरले निर्वाचित भएका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ललितपुर क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार जगदीश खरेल भारी मतका साथ विजयी भएका हुन्।

ललितपुर क्षेत्र नं २ का निर्वाचन अधिकृत सम्झना सिम्खडा पुडासैनीका अनुसार खरेलले ३९ हजार ९४१ मत प्राप्त गरी विजयी भएका हुन। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनले सात हजार ४२० मत प्राप्त गरे।

त्यस्तै उज्यालो नेपाल पार्टीका उम्मेदवार राजाराम तण्डुकारले पाँच हजार ५४७ मत र नेकपा (एमाले)का उम्मेदवार प्रेमबहादुर महर्जनले चार हजार ५३६ प्राप्त गरेका छन्।

कुल ८९ हजार ८२ मतदाता रहेको ललितपुर–२ मा ३१ हजार ३५ महिला र ३० हजार ९४० पुरुष गरी ६१ हजार ९७५ मतदान गरेका थिए । यस क्षेत्रमा राजनीतिक दलबाट र स्वतन्त्रसमेत गरी २३ जना उम्मेदवार रहेका थिए । रासस

Sajilo Visa
easy care