माघ मसान्तसम्म १४ अर्ब हाराहारीका ६ हजार चारपाङ्ग्रे विद्युतीय सवारी आयात

  • Technology Khabar | १० फाल्गुन २०८२, आईतवार
माघ मसान्तसम्म १४ अर्ब हाराहारीका ६ हजार चारपाङ्ग्रे विद्युतीय सवारी आयात
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को सातौं महिना माघ मसान्तसम्ममा नेपालमा १३ अर्ब ८४ करोड ७७ लाख ३४ हजार रुपैयाँ बराबरको ५ हजार ८ सय ९४ थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को माघ महिनासम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सवारी साधनलाई समावेश गरिएको छैन।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनी, द. कोरिया, इण्डोनेसिया र अमेरिका,अस्ट्रिया र बेलायत गरी विश्वका ८ देशबाट ती सवारी साधन भित्रिएका हुन्।

उक्त परिमाणको आयातमार्फत् सरकारले ८ अर्ब ४६ करोड १९ लाख ८ हजार रुपैयाँ राजस्व आम्दानी गरेको छ।

यस्तो छ आयातको विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन ५० किलोवाटसम्म १२५६ २१९७७०५
कार, जीप र भ्यान भारत ५० किलोवाटसम्म ७३६ १३०३६०८

 

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

 

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
कार, जीप र भ्यान चीन ५१ देखि १०० किलोवाटसम्म २५०२ ६३९६९४२
कार, जीप र भ्यान भारत ५१ देखि १०० किलोवाटसम्म ४९८ १२२९३०३
कार, जीप र भ्यान थाइल्याण्ड ५१ देखि १०० किलोवाटसम्म ४०१ ७८४५६६
कार, जीप र भ्यान बेलायत ५१ देखि १०० किलोवाटसम्म ४९८८

 

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

 

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
पिक पावरयुक्त कार, जीप र भ्यान चीन १०१ देखि २०० किलोवाटसम्म ४४२ १२७५९९१
पिक पावरयुक्त कार, जीप र भ्यान जर्मनी १०१ देखि २०० किलोवाटसम्म १० ७६६०६
पिक पावरयुक्त कार, जीप र भ्यान भारत १०१ देखि २०० किलोवाटसम्म २९ १२३६५५
पिक पावरयुक्त कार, जीप र भ्यान द कोरिया १०१ देखि २०० किलोवाटसम्म १५७२५
पिक पावरयुक्त कार, जीप र भ्यान अमेरिका १०१ देखि २०० किलोवाटसम्म १० ४३२७८

 

२०१ देखि ३०० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरण देश ब्याट्री क्षमता परिमाण रकम
पिक पावरयुक्त कार, जीप र भ्यान अस्ट्रिया २०१ देखि ३०० किलोवाटसम्म ६७९७
पिक पावरयुक्त कार, जीप र भ्यान चीन २०१ देखि ३०० किलोवाटसम्म ३०२८४
पिक पावरयुक्त कार, जीप र भ्यान सं. रा. अमेरिका २०१ देखि ३०० किलोवाटसम्म २९१२

प्रकाशित: १० फाल्गुन २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार