समाचार र भिडियो लिंक फेसबुकमा पोष्ट गरेका कारण पत्रकारलाई धम्की, महासंघद्वारा भर्त्सना

  • Technology Khabar | २६ माघ २०८२, सोमबार
समाचार र भिडियो लिंक फेसबुकमा पोष्ट गरेका कारण पत्रकारलाई धम्की, महासंघद्वारा भर्त्सना

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका नेता ज्ञानबहादुर खड्का (जीबी) सँग सम्बन्धित समाचार र भिडियो लिंक फेसबुकमा पोष्ट गरेका कारण ओखलढुंगाका पत्रकार शिवप्रसाद ढुंगानालाई पटकपटक टेलिफोन मार्फत धम्की आएको नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाले जनाएको छ।

महासंघले आज एक विज्ञप्ति जारी गर्दै समाचारप्रति असहमति राखेर केही व्यक्तिले पत्रकार ढुंगानालाई धम्की दिएकोमा ध्यानाकर्षण भएको जनाएको छ।

‘समाचार चित्त नबुझे कानुन र विधिसम्मत समाधान खोज्ने विकल्प हुँदाहुँदै पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रताविरोधी कदम भएकाले महासंघ यस कार्यको भर्त्सना गर्दछ। घटनामा संलग्नलाई कानुनी दायरामा ल्याएर प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न सम्बन्धित निकायसँग माग पनि गर्दछ’, विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २६ माघ २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×