ताजा समाचार

अनर एक्स ९डी स्मार्टफोन नेपाली बजारमा, प्रि-बुकिङ्ग गर्नेले डीपल कार उपहारमा जित्न सक्ने अवसर

अनर एक्स ९डी स्मार्टफोन नेपाली बजारमा, प्रि-बुकिङ्ग गर्नेले डीपल कार उपहारमा जित्न सक्ने अवसर
Global IME Bank

चिनियाँ स्मार्टफोन ब्राण्ड अनरले नेपालमा पूर्ण रूपमा नयाँ अनर एक्स ९डी (HONOR X9d) को लन्चिङ गरेको छ।

आधुनिक प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको, अनर एक्स ९डी २.५ मिटर ड्रप प्रतिरोध, उद्योग-अग्रणी आईपी६९के रेटिङ, लामो समयसम्म टिक्ने ८३०० एमएएच ब्याट्री, र उच्च-रिजोल्युसन १०८ मेगापिक्सेल क्यामराले सुसज्जित छ जसले हरेक क्षणलाई आश्चर्यजनक विवरणमा कैद गर्ने कम्पनीको भनाई छ।

अनर एक्स ९डी दुई भेरियन्टहरूमा उपलब्ध हुनेछ। यसको ८ जीबी र्याम र २५६ जीबी स्टोरेजको मूल्य रु. ५४,९९९ तोकिएको छ भने १२ जीबी र्याम र २५६ जीबी र्याम भएको भेरियनन्टको मूल्य रु. ५९,९९९ छ।

यसका साथै कम्पनीले अनर एक्स ९डीको प्रि-बुकिंग समेत खुलाएको छ जुन शुक्रबारदेखि आउँदो जनवरी २८ अर्थात १४ गतेसम्म चल्नेछ, जसले प्रारम्भिक ग्राहकहरूको लागि असाधारण मूल्य प्रदान गर्दछ।

यस विशेष प्रि-बुकिंग अफरको अंशको रूपमा, ग्राहकहरूले रु. १५,९९९ मूल्यको नि:शुल्क अनर च्वाइस वाच २ प्रो प्राप्त गर्नेछन्। यसका साथै रु. २०,००० बराबरको स्क्रिन रिप्लेसमेन्ट, ब्याक रिप्लेसमेन्ट र पानीको क्षति मर्मतको साथ थप सुविधा र १ वर्षको सर्भिस अफर प्राप्त गर्नेछन्।

यसैगरी, एक भाग्यशाली प्रि-बुकिंग गर्ने ग्राहकले रु. ५८,९९,९९९ मूल्यको नयाँ डीपल एस०५ इभी जित्ने मौका पाउने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

Sajilo Visa
easy care