एकै महिनामा नेपाल भित्रियो ३ अर्ब हाराहारीको १ लाख २८ हजार थान स्मार्टफोन, कुन द‍ेशबाट कति?

  • Technology Khabar | ९ पुष २०८२, बुधबार

काठमाडौं ।

चालु आर्थिक वर्षको पाँचौं महिना मंसिर मसान्तसम्म नेपालमा १९ अर्बभन्दा माथिको साढे १० लाख ७० थानभन्दा बढी स्मार्टफोन आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को मंसिरसम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा स्मार्टफोन आयात अझ वृद्धि हुँदै गइरहेको पाइएको हो।

मंसिर मसान्तसम्म समग्रमा १९ अर्ब १३ करोड  ६९ लाख ५२ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ। यस अवधिमा उक्त रकम बराबरको १० लाख ७० हजार ६८० थान स्मार्टफोन नेपाल भित्रिएको विवरणमा उल्लेख छ।

कार्तिक मसान्तसम्म समग्रमा १६ अर्ब १५ करोड  १८ लाख ४० हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको थियो। कार्तिक मसान्तदेखि मंसिर मसान्तसम्म आइपुग्दा २ अर्ब ९८ करोड ५१ लाख १२ हजार बराबरको १ लाख २७ हजार ८७५ थान थपिएर समग्रमा १० लाख ७० हजार ६८० थान स्मार्टफोन आयात भएको विवरणले देखाएको छ।

यति परिमाणको स्मार्टफोनका लागव यो अवधिसम्म समग्रमा १९ अर्ब १३ करोड ६९ लाख ५२ हजार रुपैयाँ बाहिरिएको छ भने यो आयातबाट सरकारले ३ अर्ब ५६ करोड ९७ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ। यो अवधिमा पानि चीनबाट १५ अर्ब ४ करोड ७९ लाख ७ हजार रुपैयाँ बराबरको ९ लाख ५ हजार ७०७ थान स्मार्टफोन आयात भएको छ।

यसैगरी भारतबाट ३ अर्ब ८७ करोड १९ लाख १५ हजार रुपैयाँ बराबरको १ लाख ६२ हजार २४७ थान स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

यसबाहेक विश्वका अन्य ४४ मुलुकबाट पनि यो अवधिमा विभिन्न परिमाण र रकमका स्मार्टफोनहरु भित्रिएका छन् जसलाई तलको तालिकामा देखाइएको छ:

क्रं सदेशविवरण (थान)रकम (हजारमा)
अस्ट्रेलिया२७८३३०५०
क्यानडा३७३८५०
चीन९०५७०७१५०४५९०७
फिनल्याण्ड१४१९०६
हङकङ२५२६२७
भारत१६२२४७३८७१९१५
जापान४१४३२२२९
दक्षिण कोरिया१६६११६८१
मलेसिया२९१७८४
१०कतार६०४१२५१७
११यूएई५१२४८८३२
१२बेलायत७३६५८६
१३अमेरिका४४४५०१४२
१४बंगलादेश१६१४८८
१५इजरायल१२२१५२
१६साउदी अरेबिया१११३८७

प्रकाशित: ९ पुष २०८२, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार