हुन्डाईले विन्डशील्डलाई विशाल स्क्रिनमा परिणत गर्यो

  • Technology Khabar | २६ मंसिर २०८२, शुक्रबार
हुन्डाईले विन्डशील्डलाई विशाल स्क्रिनमा परिणत गर्यो
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

विन्डशील्डको लागि होलोग्राफिक डिस्प्ले टेक्नोलोजीको नयाँ संस्करणले विन्डशील्डलाई सूचना/कम्प्युटिङ स्क्रिनमा परिणत गर्ने र चाँडै नै डेब्यू हुने निर्माताले बताएको छ।

हुन्डाईको सहायक कम्पनी हुन्डाई मोबिसले जर्मन अप्टिकल कम्पनी श्भ्क्ष्क्क् सँग मिलेर विकसित गरेको यो प्रणालीले “परम्परागत स्क्रिन” को सट्टा लुकेका प्रोजेक्टरहरू र सिसा (ग्लास) मा एकीकृत विशेष अप्टिकल फिल्म प्रयोग गर्दछ।

बाहिरबाट सिसा (ग्लास) नियमित विन्डो जस्तो देखिए पनि, भित्र भने नेभिगेसन, ड्राइभिङ डाटा, इन्फोटेनमेन्ट प्रणाली र सम्भावित रूपमा यात्रुको लागि मिडिया, भिडियो वा मनोरञ्जन जस्ता जानकारी प्रदर्शन गर्ने सम्भावना प्रदान गर्दछ।

प्रणालीमा मुख्य डाटा देखाउने दुईओटा चालकको लागि र भिडियो वा मनोरञ्जनको लागि प्रयोग गर्न सकिने एउटा अगाडिको यात्रुको लागि गरी छुट्टै “स्क्रिन क्षेत्रहरू” हुनेछन्।

हुन्डाईको योजना अनुसार उक्त प्रविधिको ठूलो उत्पादन २०२७ मा सुरु हुन सक्ने टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: २६ मंसिर २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Music industry launches AI-generated content labels

  • Technology Khabar
  • २६ मंसिर २०८२, शुक्रबार