एक महिनामा पौने २ करोड हाराहारीको विद्युतीय चुलो आयात

  • Technology Khabar | १३ मंसिर २०८२, शनिबार
एक महिनामा पौने २ करोड हाराहारीको विद्युतीय चुलो आयात
ललितपुरको ग्वार्को कम्प्लेक्समा अवस्थित बिग डिजिटलमा बिक्रीका लागि राखिएका इन्डक्सन चुल्हो। फाइल तस्बिर

काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को चौथो महिना कार्तिक मसान्तसम्म नेपालमा १३ करोड १५ लाख ४० हजार रुपैयाँ बराबरका विद्युतीय चुलोहरु आयात भएका छन्।

भन्सार विभागले हालै सार्वजनिक गरेको उक्त अवधिसम्मको वैदेशिक व्यापारसम्बन्धी तथ्याङ्कअनुसार नेपालले विश्वका विभिन्न २० देशहरुबाट उक्त मूल्य बराबरका ६९ हजार ३७९ थान यस्ता विद्युतीय चुलोहरु आयात गरेको हो।

यी परिमाणमा विद्युतीय चुलोहरु आयातवापत् सरकारले १ करोड ८७ लाख ५२ हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ।

यसरी आयात भएका विद्युतीय चुलोहरुलाई इण्डक्शन, इन्फ्रारेड र अन्य विद्युतीय चुलोमा वर्गीकरण गरिएको छ।

यीमध्ये सबैभन्दा धेरै चीनबाट १० करोड ६९ लाख ९२ हजार बराबरको ५६ हजार ७५४ थान तथा भारतबाट २ करोड २४ लाख १४ हजार बराबरको ११ हजार ८१५ थान चुलो आएको छ।

यीबाहेक कतारबाट २४ हजार बराबरको २२ थान, यूएईबाट ५३ हजार बराबरको ४३ थान, बंगलादेशबाट १३ लाख १० हजार बराबरको ६६० थान, मलेसियाबाट ७ लाख ३६ हजार बराबरको ४८ थान तथा साउदी अरेबियाबाट २ हजार बराबरको २ थान तथा अमेरिकाबाट २ हजार बराबरको १ थान विद्युतीय चुलो आएको पाइएको छ।

यस्तो छ तथ्याङ्क

इण्डक्शन चुलो

 

क्र. सं. देश परिमाण रकम
बंगलादेश १२० २३९
चीन ४०३०३ ७७४३२
भारत ८७०५ 14772
कोरिया
मलेसिया ४८ ७३६
कतार १८ १९
साउदी अरेबिया 2
सिङ्गापुर
युगाण्डा २१
१० यूएई ४० ५०
११ अमेरिका

 

इन्फ्रारेड चुलो

 

क्र. सं. देश परिमाण रकम
बंगलादेश ५४० १०६१
चीन १६३३० २८५००
भारत ३३८९ ६५३४
कतार

 

अन्य विद्युतीय चुलो

 

क्र. सं. देश परिमाण रकम
चीन १२१ १०६०
भारत ३५१ ११०८
कतार
सिङ्गापुर
यूएई

प्रकाशित: १३ मंसिर २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...