ग्यालेक्सी एक्सआर हेडसेटलाई नियन्त्रण गर्न सामसङ ग्यालेक्सी रिङ प्रयोग गर्न सकिने

  • Technology Khabar | २६ कार्तिक २०८२, बुधबार
ग्यालेक्सी एक्सआर हेडसेटलाई नियन्त्रण गर्न सामसङ ग्यालेक्सी रिङ प्रयोग गर्न सकिने

काठमाडौं ।

सामसङले गत महिना ग्यालेक्सी एक्सआर हेडसेट लन्च गरेको थियो। कम्पनीले अर्को वर्ष डिभाइसको उपलब्धता विस्तार गर्ने हालैको रिपोर्टले उल्लेख गरेको छ। यसै क्रममा अब सामसङले ग्यालेक्सी रिङ प्रयोग गरेर हेडसेटको यूआई नेभिगेट गर्न दिनको लागि काम गरिरहेको चाखलाग्दो कुराको खुलासा भएको छ।

एन्ड्रोइडको लागि ग्यालेक्सी रिङ म्यानेजर एपको पछिल्लो अपडेटमा कोडको स्ट्रिङले आगामी “ग्लासेसको लागि रिङ जेस्चर (इशारा)” को खुलासा गरेको छ। अवश्य पनि, “ग्लासेस” शब्द प्रयोग भएको हुनाले, यो विशेष गरी ग्यालेक्सी एक्सआर हेडसेटको लागि नभइ भविष्यको ग्यालेक्सी एक्सआर ग्लासेसको लागि हुन सक्ने सम्भावनको उल्लेख गरिएको छ।

ग्यालेक्सी रिङलाई अतिरिक्त फङ्गसन दिनको लागि यस्तो केहि विकास भइरहेको हेर्नमा रोचक भएको उल्लेख गरिएको छ। साथै यो सम्भवतः कार्यान्वयन गर्न धेरै गाह्रो नहुने बताइएको छ र यस अघिदेखि नै ग्यालेक्सी रिङलाई आफ्नो फोन नियन्त्रण गर्न डबल–पिन्चको साथ फोटो खिच्न वा अलार्म साइलेन्स गर्न प्रयोग गर्न सकिने बताइएको छ।

यस वर्षको सुरुमा देखा परेको सामसङ पेटेन्टमा रिङले कसरी थप स्क्रिनहरू नियन्त्रण गर्न सक्छ भनेर वर्णन पनि गरेको थियो र अब कम्पनी यसलाई वास्तविकता बनाउन गम्भीर भएको जस्तो देखिएको उल्लेख गरिएको छ। यो सुविधा कहिले लन्च हुन्छ भनेर अहिले कुनै जानकारी उपलब्ध नभएको र थप जानकारी बाहिरिए पछि थाहा दिने जीएसएमएरिनाले रिपोर्टले गरेको छ।

प्रकाशित: २६ कार्तिक २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Government making efforts to settle dispute over arrears of ISPs

  • Technology Khabar
  • २६ कार्तिक २०८२, बुधबार