देउसीको दक्षिणाबाट शान्ति टोलमा सिसी क्यामरा जडान

  • Technology Khabar | २३ कार्तिक २०८२, आईतवार
देउसीको दक्षिणाबाट शान्ति टोलमा सिसी क्यामरा जडान
सांकेतिक तस्बिर

काठमाडौं ।

दमकको शान्ति टोल विकास संस्थाले देउसीभैलीमा सङ्कलन भएको रु एक लाख ५० हजार दक्षिणाबाट शान्ति टोलमा १५ ओटा सिसी क्यामरा जडान गरेका छन्।

टोल विकास संस्थाका अध्यक्ष नीरज विष्टका अनुसार संस्थाले बर्सेनि देउसीभैली खेलेर टोलका ६७ घरपरिवारबीच सामाजिक एकता एवं सद्भावका साथ आपराधिक घटना नियन्त्रणका निम्ति टोलमा विविध गतिविधि सञ्चालन गर्दै आएको बताए।

विसं २०६३ मा स्थापना भएको उक्त संस्थाले भैपरि सामाजिक कामका लागि रु एक लाखको टोल सुधार कोष स्थापना गरिएको शुक्रबार क्यामरा जडान गरेपछि अध्यक्ष विष्टल बताए। रासस

प्रकाशित: २३ कार्तिक २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

पिक्सेल वाच ५ को रङ र मूल्यहरू सार्वजनिक

  • Technology Khabar
  • २३ कार्तिक २०८२, आईतवार