यूट्युबले भिडियोहरूमा एआई अपस्केलिङ सुरु गर्यो

Technology Khabar १४ कार्तिक २०८२, शुक्रबार

काठमाडौं ।

यूट्युबले १०८० पिक्सेल रेजोल्युसन भन्दा कम गुणस्तरका भिडियोहरूमा स्वचालित रूपमा एआई अपस्केलिङ सुरु गर्ने घोषणा गरेको छ। यो सुरुमा एसडी बाट एचडीमा अपस्केल हुनेछ र अन्ततः “निकट भविष्यमा” फोरके सम्म जाने बताइएको छ।

अहिलेको लागि भने यी एआई अपस्केलिङ टिभीहरूमा मात्र प्रयोगको लागि भएको बताइएको छ। यो प्रयोग गर्दा प्रत्येक रेजोल्युसन विकल्प मुनि “सुपर रेजोल्युसन” डिस्क्रिप्टर देख्न सकिने उल्लेख गरिएको छ। साथै क्रियटर्सहरूले चाहेमा यसबाट अप्ट आउट गर्न सक्षम हुनेछन्।

यूट्युबले थम्बनेल फाइल सीमा २एमबी बाट ५०एमबी सम्म विस्तार गर्ने भएको छ। त्यसैले अब भिडियोहरूको लागि “नयाँ, आश्चर्यजनक फोरके–रेजोल्युसन थम्बनेलहरू” चाँडै नै अपेक्षा गर्न सकिने बताइएको छ। साथै, होमपेजमा “इमर्सिभ प्रिभ्यूज” को साथ यूट्युब च्यानलहरू मार्फत फ्लिप गर्न सकिने र नवीनतम शो डिजाइनले क्रियटर्सहरूलाई आफ्ना भिडियोहरू व्यवस्थित गर्न दिनेछ।

त्यसैगरी टिभीहरूमा कन्टेक्स्टचुअल सर्च पनि आउने भएको छ र च्यानल पेजट सर्च (खोजी) सुरु गर्दा त्यो च्यानलका भिडियोहरूलाई परिणामहरूको शीर्षमा प्राथमिकता दिइनेछ। क्यूआर कोडहरू पनि चाँडै नै देखा पर्ने भएको छ जसले भिडियोहरूमा उल्लेख गरिएका प्रोडक्टहरूको लागि आफ्नो फोनमा प्रोडक्ट पेजहरू खोल्न दिनेछ।

टिभीहरू यूट्युबको सबैभन्दा छिटो रुपमा बढि रहेको हुनाले यी सबै सुधारहरू टिभीहरूमा आउन लगेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १४ कार्तिक २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया