असोज मसान्तसम्म साढे ५ करोड हाराहारीको २३ हजारभन्दा बढी स्मार्टवाच भित्रियो

  • Technology Khabar | १३ कार्तिक २०८२, बिहीबार
असोज मसान्तसम्म साढे ५ करोड हाराहारीको २३ हजारभन्दा बढी स्मार्टवाच भित्रियो

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो महिना असोज मसान्तसम्म साढे ५ करोड हाराहारीको स्मार्टवाच आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को उक्त अवधिसम्मको वैदेशिक व्यापारको तथ्याङ्कमा यस्तो उल्लेख छ।

यो अवधिमा ५ करोड ३६ लाख ९२ हजार बराबरको २३ हजार ३९४ थान स्मार्टवाच आयात भएको छ।

असोज मसान्तसम्म स्मार्टवाचका लागि ५ करोड ३६ लाख ९२ हजार रुपैयाँ हाराहारी देशबाहिर जाँदा सरकारले १ करोड ६२ लाख १८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा नेपालमा विश्वका १६ मुलुकबाट २३ हजार ३९४ थान स्मार्टवाच आयात भएको देखिन्छ।

उक्त अवधिसम्मको आयात विवरणअनुसार सबैभन्दा धेरै २१ हजार ३८९ थान स्मार्टवाच चीनबाट आयात भएको छ जसको समग्र मूल्य ३ करोड ५९ लाख २० हजार रुपैयाँ रहेको छ।

यसैगरी भारतबाट ४२ लाख २१ हजार बराबरको १ हजार ५७५ थान र भियतनामबाट १ करोड २९ लाख ३२ बराबरको ३१९ थान स्मार्टवाच भित्रिएको छ।

यस्तो छ विवरण:

क्रसं देश विवरण रकम (हजारमा)
अस्ट्रेलिया २४
क्यानडा
चीन २१३८९ ३५९२०
भारत १५७५ ४२२१
इजरायल
कुवेत २० १६
ओमन
फिलिफिन्स ५१
कतार
१० साउदी अरेबिया ११
११ ताइवान १६५
१२ थाइल्याण्ड ५७
१३ यूएई २९ ६३
१४ बेलायत १४ १३१
१५ अमेरिका ९७
१६ भियतनाम ३१९ १२९३२

 

प्रकाशित: १३ कार्तिक २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार