सोशल मिडियाको लतसम्बन्धी मुद्दामा जुकरबर्ग, एडम मोसेरी र इभान स्पिगेललाई अदालतमा उपस्थित हुन आदेश

  • Technology Khabar | ७ कार्तिक २०८२, शुक्रबार
सोशल मिडियाको लतसम्बन्धी मुद्दामा जुकरबर्ग, एडम मोसेरी र इभान स्पिगेललाई अदालतमा उपस्थित हुन आदेश

काठमाडौं ।

सोशल मिडियाको लतसम्बन्धी मुद्दामा मेटाका प्रमुख मार्क जुकरबर्ग, इन्स्टाग्रामका प्रमुख एडम मोसेरी र स्न्यापका सीईओ इभान स्पिगेललाई अदालतमा उपस्थित हुन आदेश दिइएको छ।

सीएनबीसीलाई उद्धृत गर्दै इन्ग्याजेटले लेखे अनुसार, लस एन्जलसका एक न्यायाधीशले जनवारीमा सुरु हुने सो मुद्दामा ती तीन शीर्ष अधिकारीहरूलाई साक्षीका रूपमा अदालतमा उपस्थित हुनुपर्ने निर्णय गरेका हुन्।

न्यायाधीश क्यारोलिन बी. कूलले आदेशमा लेखेकी छन्, “कुनै कम्पनीका सीईओको बयान विशेष रूपमा महत्त्वपूर्ण हुन्छ, किनभने ती अधिकारीको हानिबारेको ज्ञान र त्यसबाट जोगिन कदम नचाल्नुले लापरवाही वा लापरवाहीपूर्ण व्यवहारको स्वीकृति प्रमाणित गर्न सक्छ।”

सीएनबीसीका अनुसार, यो मुद्दा विशेष ध्यानका साथ हेरिनेछ, किनभने यो युवा प्रयोगकर्तामाथि सामाजिक सञ्जालले पार्ने नकारात्मक प्रभावबारे दायर भएका धेरैमध्ये अदालतमा पुग्ने पहिलो मुद्दा हो।

मेटा र स्न्यापका वकिलहरूले आफ्ना प्रमुखहरूलाई अदालतमा उपस्थित हुनबाट बचाउन तर्क गरेका थिए। मेटाका वकिलहरूले जुकरबर्ग र मोसेरीलाई बयान दिन बाध्य गरिनु भविष्यका अन्य मुद्दाहरूका लागि “पूर्वनिर्देशन” बन्ने चेतावनी दिएका थिए।

मेटा अहिले पनि आफ्ना प्लेटफर्मका युवा प्रयोगकर्ताहरूलाई हानि पुर्‍याएको आरोपमा दायर भएका धेरै मुद्दाहरूको सामना गरिरहेको छ। कम्पनीले यसबारे हालसम्म कुनै टिप्पणी गरेको छैन।

स्न्याप पनि सुरक्षासम्बन्धी मुद्दाहरूको सामना गरिरहेको छ। स्न्यापको पक्षमा काम गरिरहेको कानुनी संस्थाले एक वक्तव्य जारी गर्दै भनेको छ, “न्यायाधीशको आदेशले वादी पक्षका दाबीहरूको वैधतामा कुनै असर पार्दैन,” र उनीहरूले थपे, “हामी अदालतमा प्रमाणसहित देखाउन चाहन्छौं कि स्न्यापच्याटविरुद्धका वादी पक्षका दाबीहरू तथ्यगत र कानूनी रूपमा गलत छन्।”

प्रकाशित: ७ कार्तिक २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • ७ कार्तिक २०८२, शुक्रबार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • ७ कार्तिक २०८२, शुक्रबार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • ७ कार्तिक २०८२, शुक्रबार