चीनद्वारा नयाँ उपग्रह समूह सफलतापूर्वक प्रक्षेपण

  • Technology Khabar | २ कार्तिक २०८२, आईतवार
चीनद्वारा नयाँ उपग्रह समूह सफलतापूर्वक प्रक्षेपण

काठमाडौं ।

उत्तरी चीनको सान्सी प्रान्तस्थित ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रबाट चीनले शुक्रबार एक नयाँ उपग्रह समूह अन्तरिक्षमा पठाएको छ। उक्त उपग्रह समूहले ‘स्पेससेल नक्षत्र’ निर्माण गर्नेछ, जुन चीनको एक व्यावसायिक लो–अर्बिट (तल्लो कक्षीय) उपग्रह नेटवर्क हो।

लङ मार्च–६ बोक्ने रकेटमार्फत यो प्रक्षेपण दिउँसो ३ः०८ बजे (बेइजिङ समय) सम्पन्न भयो र उपग्रहहरू पूर्वनिर्धारित कक्षामा सफलतापूर्वक प्रवेश गरेका छन्। यो प्रक्षेपण लङ मार्च रकेट सिरिजको ६०१औं उडान मिसन हो।-रासस/एपी

 

प्रकाशित: २ कार्तिक २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार