थिङ्किङ मेसिन्स ल्याबका सह–संस्थापक एन्ड्र्यु टुलक अब मेटामा

Technology Khabar २७ आश्विन २०८२, सोमबार

काठमाडौं ।

थिङ्किङ मेसिन्स ल्याबका सह–संस्थापक एन्ड्र्यु टुलक मेटामा गएका छन्। पूर्व ओपनएआई सीटीओ मीरा मुराटी नेतृत्वको एआई स्टार्टअप थिङ्किङ मेसिन्स ल्याबले आफ्ना सह–संस्थापकहरूमध्ये एकलाई गुमाएको द वल स्ट्रिट जर्नलले जनाएको छ।

पत्रकारहरूसँगको कुराकानीमा कम्पनीका प्रवक्ताले टुलकले व्यक्तिगत कारणले फरक मार्ग रोज्ने निर्णय गरेको पुष्टि गरेका छन् । टुलकले शुक्रबार आफ्ना सहकर्मीहरूलाई पठाएको सन्देशमार्फत कम्पनी छोड्ने जानकारी दिएका थिए।

टेकक्रञ्चका अनुसार गत अगस्टमा वल स्ट्रिट जर्नलले मार्क जुकरबर्गको एआई भर्ती अभियानको क्रममा मेटाले थिङ्किङ मेसिन्स ल्याब खरिद गर्न प्रस्ताव गरेको तर असफल भएपछि जुकरबर्गले टुलकलाई कम्तीमा छ वर्षको अवधिका लागि १.५ अर्ब डलरसम्मको क्षतिपूर्ति प्याकेजको प्रस्ताव गरेको समाचार प्रकाशित गरेको थियो। त्यसबेलामा मेटाका प्रवक्ताले उक्त विवरण “गलत र हास्यास्पद” भएको प्रतिक्रिया दिएका थिए।

टुलक यसअघि ओपनएआई र फेसबुकको एआई रिसर्च समूहमा पनि कार्यरत थिए।

प्रकाशित: २७ आश्विन २०८२, सोमबार

तपाइको प्रतिक्रिया