ताजा समाचार

कोशी प्रदेशका अधिकांश स्थानहरुमा आज राती नेपाल टेलिकमको फाइबर तथा लिजलाइन सेवा अवरुद्ध हुनसक्ने

कोशी प्रदेशका अधिकांश स्थानहरुमा आज राती नेपाल टेलिकमको फाइबर तथा लिजलाइन सेवा अवरुद्ध हुनसक्ने
Global IME Bank

नेपाल टेलिकमको कोशी प्रदेशका अधिकांश स्थानहरुमा आज राती करिब ३ घण्टा फाइबर तथा लिजलाइन सेवा अवरुद्ध हुनसक्ने भएको छ।

कम्पनीले सो अवधिमा उपकरणहरु स्थानान्तरण गरिने भन्दै २३ गते राती ११:०० बजेदेखि करिब ३ घण्टा फाइबर तथा लिजलाइन सेवा अवरुद्ध हुनसक्ने जानकारी दिएको हो।

कम्पनीले सो अविधमा कोशी प्रदेश अन्तर्गत ट्रान्समिसन सम्बन्धी उपकरण स्थानान्तरण कार्य सम्पन्न गर्नुपर्ने उल्लेख गरेको छ।

“अविच्छिन्न र गुणस्तरीय रुपमा सेवा प्रदान गर्ने सिलसिलामा उपकरण स्थानान्तरणका कारणले सेवा प्रभावित भै ग्राहकवर्गमा पर्नजाने असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ,” कम्पनीले भनेको छ।

Sajilo Visa
easy care